back

प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन

वि.सं.२०७६ भदौ ३० सोमवार

336 

shares
RBB AD
NTC AD

३० भाद्र, काठमाडौँ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरणका क्रममा बाँकेमा भएको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ ।

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सासंद पुष्पा भुसाललाई बोल्न समय दिए ।

बोल्न अनुमति पाएपछि सांसद भुसालले बाँके घटनामा संलग्न विरुद्ध परेको किटानी जाहेरीअनुरुप दोषीलाई हदैसम्मको कारवाहीका लागि सभामुखबाट निर्देशन गर्न माग गरे । उनले, “किटानी जाहेरी परेका व्यक्तिलाई कानूनी कारवाही प्रभावकारीरुपमा अघि बढाओस्, दोषी कारवाहीको भागेदार भएको हामीले देख्न र सुन्न पाउनुपर्छ, अपराधीले दण्ड पाउनुपर्छ, पीडितले न्याय पाउनु प¥यो ।”

बाँके घटनाका दोषीलाई कारवाही गर्न माग राखेर प्रमुख प्रतिपक्षले आइतबारको प्रतिनिधिसभाको पनि अवरुद्ध गरेको थियो । नेपाली काङ्ग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण कार्यक्रममा किरण कोइराला, विद्यापति कोइरालालगायत गम्भीर घाइते भएका जनाउँदै सांसद भुसालले भने, “हाम्रो राजनीतिक कार्यक्रममा गैरराजनीतिक क्रियाकलाप भयो ।”

संविधान, मानवअधिकार, सुशासन, संविधानवादको पक्षमा नेपाली काङ्ग्रेस सधैँ अडिक रहेको उल्लेख गर्दै उनले कानूनी शासन कायम गर्न किटानी जाहेरी दर्ता गराउने सन्दर्भमा गम्भीरता नदेखाइएका कारण संसद् अवरुद्ध गर्नु परेको बताए । उनले मन्तव्य सक्नासाथ नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले प्रमुख प्रतिपक्षले आरोप लगाए जस्तो बाँके घटना नभएको भनी काङ्ग्रेसका सांसदको भनाइको प्रतिवाद गर्नुभयो । त्यसपछि प्रतिपक्षका सांसदले आसनबाट उठेर विरोध जनाएका थिए ।

सांसद रोकाले भने, “विपक्ष आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्न तयार छौँ, सत्य भनेको सत्य नै हो सत्यलाई हामी स्वीकार गछौँ, असत्य स्वीकार गरिन्न ।” विरोधका बाबजुद सांसद रोक्काले आफ्नो भनाइलाई निरन्तरता दिएपछि प्रतिपक्षका सांसदले ‘वेल’मा गएर नाराबाजी गरेका थिए ।

प्रतिपक्षबाट नाराबाजी भइरहँदा सभामुख महराले भने, “तपाईंहरुले उठाउनुभएको विषयमा ध्यानाकर्षण भएको छ, प्रतिपक्षले उठाएको विषयमा म सरकारलाई केही भन्न चाहन्छु, आ–आफ्नो स्थानमा बसेर सदन सुचारु गर्न सहयोग पु¥याउन आग्रह गरे ।” प्रतिपक्षले निरन्तर ३५ मिनेट नाराबाजी गरेपछि सभामुखले आजको बैठक स्थगन गरेको घोषणा गरे । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १ गते बिहान ११ः०० बजे बस्नेछ ।

वि.सं.२०७६ भदौ ३० सोमवार १७:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गण्डकीसहित चार प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

भन्सार कार्यालयद्वारा करिब १३ अर्ब राजस्व सङ्कलन

भन्सार कार्यालयद्वारा करिब १३ अर्ब राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको...

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा...

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...