back

थापाको ‘हिरासत’ चिरायु अस्पताल

वि.सं.२०७६ भदौ ३१ मंगलवार

171 

shares
RBB AD
NTC AD

३१ भदौ, काठमाडौँ । पक्राउ परेदेखि नै बिरामी भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालका भर्ना भएर बसेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भएपनि चिकित्सकको ‘प्रेप्सकिसन’ ल्याएर उनी सो अस्पतालमा भर्ना भएका हुन् । ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ । ’

ब्युरो स्रेतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन् । उनले त्यहाँ एउटा कयाबिन रुम लिएर छन् ।

मंगलबार सिआइबीले बयानका लागि कार्यालयमा बोलाएपछि आफैं गएका थापा त्यहाँ एक रात मात्रै बसेका थिए । त्यसपछि यता अस्पताललाई नै उनले ‘हिरासत’ बनाउँदै आइरहेका छन् । ब्युरो प्रमुख डिआजी निरजकुमार शाहीले पनि थापा अस्पतालमा भएको पुष्टि गरे । नागरिक दैनिकबाट

वि.सं.२०७६ भदौ ३१ मंगलवार ०८:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले...

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने...

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न...

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

काठमाडौं । नेकपा एमालेका सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय...

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले...

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

  काठमाडौं । सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन...