back

नेपाली सेनाद्वारा शान्ति सैनिकको भत्ता वृद्धि

वि.सं.२०७६ भदौ ३१ मंगलवार

384 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

३१ भाद्र, काठमाडौँ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहीना एक हजार ११४ अमेरिकी डलर कायम गर्ने निर्णय गरेको हो ।

बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले प्राप्त गरिरहेको एक हजार ३७८ अमेरिकी डलर भत्तामा २१ डलर थप गरी एक हजार ३९९ अमेरिकी डलर प्रतिमहीना कायम गर्ने निर्णय गरेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, वृद्धि गरिएको भत्तादर आगामी असोज १४ ९अक्टुबर १० देखि लागू हुनेछ ।

अन्य मुलुकको प्रचलित अभ्यास एवं सैनिक ऐन, सैनिक कल्याणकारी नियमावलीको परिधिभित्र रही भत्ता पुनरावलोकन गर्ने सम्बन्धमा अध्ययन कार्यदल गठन गरी सकल दर्जाबाट प्राप्त राय सुझावका आधारमा सेनाले भत्ता वृद्धि गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

उक्त भत्ता वृद्धिबाट सैनिक कल्याणकारी कोषलाई वार्षिक करीब रु ४६ करोड ३० लाख व्ययभार पर्ने छ । भत्तादर वृद्धिबाट तल्लो तहका सकल दर्जाको मनोबल बढने नेपाली सेनाले विश्वास लिएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली शान्ति सेनाले हालसम्म विश्वका ४३ वटा मिशनमा रही हालसम्म एक लाख २७ हजार ३९० जनाले शान्ति स्थापना कार्यमा योगदान पु¥याइसकेका छन् । उक्त क्रममा ६५ जना नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ जना गम्भीर घाइते भएका छन् ।

हाल विश्वका ११ वटा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ मिशनमा १९५ महिलासहित पाँच हजार ९५ नेपाली शान्ति सैनिक खटिरहेका छन् । शान्ति सैनिकमा योगदान गरेबापत संयुक्त राष्ट्रसङ्घबाट नेपाली सेनाले प्राप्त गर्ने रकमबाट २०३२ सालमा रु एक करोड २४ लाख रकमबाट प्रारम्भ गरिएको सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति अहिले रु ४४ अर्ब बराबर पुगिसकेको छ । ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले पाँचौँ नम्बरमा छ । (रासस)

वि.सं.२०७६ भदौ ३१ मंगलवार ११:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ वटा सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा...

अन्नपूर्ण न्युरो अस्पतालले सुरु गर्यो ‘रोबोटिक सर्जरी’ सेवा

अन्नपूर्ण न्युरो अस्पतालले सुरु गर्यो ‘रोबोटिक सर्जरी’ सेवा

काठमाडौँ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू...

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

डोल्पा ।  नदीनाला र मुलको प्रमुख स्रोत भएको जिल्लामै पिउने...

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै खसेको पहिराले गल्छी-रसुवागढी सडक योजनाअन्तर्गतको...

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...