back

दुई छुट्टाछुट्टै स्थानमा भएका तालिवान आक्रमणमा ४६ को मृत्यु

वि.सं.२०७६ असोज १ बुधवार

174 

shares
RBB AD
NTC AD

१ असोज, काबुल । मङ्गलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै वम आक्रमणमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

दुवै आक्रमणको जिम्मेवारी तालिवान समूहले लिएको छ । देशको उत्तरी क्षेत्र पर्वानमा स्थानीय समय अनुसार विहान ११ बजेर ४० मिनेटमा गराइएको विस्फोटमा २४ जनाको मृत्यु भएको थियो भने र यसको केहीबेर (करिब एक घण्टा)पछि अफगानी राजधानी काबुलमा गराइएको आक्रमणमा २२ जनाको मृत्यु भएको थियो । घटनाको अफगानी गृहमन्त्रालयले पुष्टि गरेको छ ।

पर्वानमा भएको आक्रमणमा २४ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको साथैे काबुल भएको आक्रमणमा २२ जनाको मृत्यु भएको र ३८ घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

पहिलो आक्रमण राष्ट्रपति असरफ घानीको निर्वाचन अभियानलाई लक्षित गरी भएको र काबुलमा रक्षा मन्त्रालयलाई लक्षित गरी आक्रमण भएको बताइएको छ । मारिनेमा छ सुरक्षाकर्मी र महिला तथा बालबालिकासमेत रहेको जनाइएको छ ।

यही सेप्टेम्बर २८ मा हुन लागेको निर्वाचनलाई विथोल्न तालिवान समूहले आक्रमण गरेको सरकारको दावी रहेको छ । दुबै घटनामा उक्त समूहले आफ्ना लडाकूको सम्लग्नता रहेको दावी गरिसकेको छ ।

यसैबीच आक्रमणपछि राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी दुबै आक्रमणलाई तुच्छ आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ ।तालिवान समूहले निर्दोष जनताको हत्या गरेर निर्वाचन नरोकिने र तोकिएको समयमा सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७६ असोज १ बुधवार ११:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

मस्को । रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई...

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

मुम्बई । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तिमा ३४ जनाको...

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

टोकियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र...

दिल्लीका सडकपेटीमा उद्यम गर्नेहरू (भिडियो रिपोर्ट)

दिल्लीका सडकपेटीमा उद्यम गर्नेहरू (भिडियो रिपोर्ट)

नयाँ दिल्ली । पछिल्लो १५ दिनदेखि भारतको राजधानी नयाँदिल्लीको तापमान...

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

हनोई । उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा...

स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी तत्काल रिहा गर्न चीनसँग अमेरिकाको माग

स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी तत्काल रिहा गर्न चीनसँग अमेरिकाको माग

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार र महिला...