१५ असोज, अमेरिका । अमेरिकामा फेरि एक नेपाली सडक दुर्घटनामा परेर गम्भीर घाईते भएका छन् ।
म्याग्दि घर भई न्युयोर्कमा रहेका खिम बहादुर सेती महरको मंगलबार सडक दुर्घटनामा परेर गम्भीर घाईते भएको अमेरिकामा रहेका समाजसेवी तथा रक्तदाता अर्जुन मैनालीले जनाएका छन् ।
उनको मंगलबार हिर्सलल न्युर्योकमा बाटो क्रस गर्दा सवारीले ठक्कर दिएका कारण सख्त घाईते भई बेहोस् अवस्थामा नासौ मेडिकल अस्पतालमा उपचार भइरहेको पनि मैनालीले सामाजिक संजालमा लेखेका छन् ।
स्मरण रहोस् पछिल्लो पटक अमेरिकामा सवारी दुर्घटनामा नेपालीको मृत्यु तथा घाईते हुने क्रम बढेको छ । असोज महिनामा मात्रै सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
वि.सं.२०७६ असोज १५ बुधवार ०६:१४ मा प्रकाशित

























