back

दसैंका बेला पेप्सीका कामदार नौं बुँदे मागसहित धर्नामा

वि.सं.२०७६ असोज १७ शुक्रवार

126 

shares
RBB AD
NTC AD

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले आज बिहान (शुक्रबार) देखि धर्ना दिएका छन् ।

विभिन्न नौ बुँदे मागसहित विगत छ महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका दैनिक ज्यालादारीमा कार्यरत कामदारले उद्योग पक्षबाट माग सुनुवाइ नभएको भन्दै पुनः आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै पुनः आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक रमेश गौतमले बताए ।

सो उद्योग बहुराष्ट्रिय कम्पनी पेप्सीको एक शाखा उद्योगको रुपमा रहेको छ । काठमाडौँ पेप्सीकोलापछिको पेप्सी कम्पनीको दोस्रो उद्योगको रुपमा बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) यस स्थानमा रहेको छ । श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरुले चरणबद्ध आन्दोलन गर्दै आए पनि उद्योग पक्षले आफ्ना मागहरुप्रति बेवास्ता गरेको भन्दै पुनःआन्दोलनमा उत्रिएको संयोजक गौतमको भनाइ छ । चरणबद्ध आन्दोलन गर्दै आएका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन् ।
नियुक्तिपत्रबिनै काममा राखिएको भन्दै दैनिक ज्यालादारी कामदारले रोजगार सम्झौता गरी नियमित रोजगारको नियुक्तिपत्र दिएर मात्र काममा राख्न कम्पनीसक्षम माग गर्दै आएका छन् । “विगत पाँच महीनादेखि नै यहाँ कार्यरत हामी दैनिक ज्यालादारीमा कार्यरत श्रमिक आन्दोलित हुँदै आएका छौँ, कम्पनीले माग सुनुवाइमा चासो दिएको छैन, आन्दोलन गरेको भन्दै कम्पनीले उल्टै ५० श्रमिकलाई निष्काशन गरेको छ । तर पनि प्रशासनले कामदारको पक्षमा वकालत गरेको छैन”, मजदुर अगुवा हरि भण्डारीले बताए ।

भण्डारीका अनुसार पटक–पटक यस विषयमा कम्पनीको व्यवस्थापन पक्षसँग सहमति भए पनि कार्यान्वयनमा चासो देखाइएको छैन । ंदुई वर्षदेखि यहाँ कार्यरत सबै श्रमिकलाई कम्पनीले कामदार आपूर्ति कम्पनीमार्फत दैनिक ज्यालादारीका रूपमा राखेर काम गराउँदै आएको छ । निष्काशन गरिएका श्रमिकलाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सिधँै नियुक्ति दिनुपर्ने, बिनाकारण कामबाट निष्काशन गर्न नपाइने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका कामदारले माग राखेका छन् ।

उद्योगमा विशेषगरी मजदुरको सङ्ख्या अधिकांश नेपाली छ भने अन्य अधिकांश कर्मचारीको सङ्ख्या भारतीय रहेका छन् । उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत छन् । जसमध्ये करीब ३०० को सङ्ख्यामा दैनिक ज्यालादारीमा काम गर्ने कामदार छन् । रासस

वि.सं.२०७६ असोज १७ शुक्रवार ११:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

घोराही (दाङ) । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला...

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वालिङ (स्याङ्जा) । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका...

आफ्नै छोराको हत्या गरी फरार रहेकी महिला पक्राउ

आफ्नै छोराको हत्या गरी फरार रहेकी महिला पक्राउ

काठमाडौं । आफ्नै बच्चाको हत्या गरेर फरार रहेकी एक महिला...

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

तुलसीपुर (दाङ) । दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट...

पाल्पा क्याम्पस रोड १९ दिन बन्द गरिने, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

पाल्पा क्याम्पस रोड १९ दिन बन्द गरिने, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

पाल्पा । पाल्पा तानसेनको क्याम्पस रोड सडक निर्माण कार्य सुरु...

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा...