back

कृषकलाई ३७ वटा मिनी टिलर वितरण

वि.सं.२०७३ मंसिर १३ सोमवार

627 

shares

१३ मङ्सिर, बाबियाचौर (म्याग्दी) । कृषि विकास कार्यालयले यस वर्ष म्याग्दीका कृषकलाई ३७ वटा खेतबारी जोत्ने आधुनिक उपकरण (मिनी टिलर) वितरण गरेको छ ।

यान्त्रीकीकरणमार्फत कृषि पेशालाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि प्रसार कार्यक्रममार्फत मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ । रु ७५ हजार मूल्य पर्ने मिनी टिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको कार्यालयले जनाएको छ ।

कृषकलाई प्रतिमिनी टिलर खरिदमा रु ३७ हजार पाँचसय अनुदान दिइएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो ।

अनुदानको मिनी टिलर माग गर्दै एकसय कृषकले निवेदन दिएकामा यसअघि सो उपकरण खरिदका लागि अनुदान नपाएकालाई पहिलो प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

गोरु पाल्न नपर्ने, छिटो काम हुने र कम लागत पर्ने भएकाले पछिल्लो समय म्याग्दीका कृषकले खनजोतका लागि मिनी टिलरको प्रयोग गर्न थालेका हुन् । गोरुले तीन दिनमा जोत्ने खेतबारी मिनी टिलरले एकै दिनमा सकिने बेनपा–५ थाकनपोखरीका कमल पौडेलले बताउनुभयो ।

मिनी टिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा कृषकलाई समस्या भएको छ । प्राविधिक विषयमा पर्याप्त जानकारी नहुँदा मिनी टिलरमा सामान्य समस्या आउँदासमेत बोकेर बेनी ल्याउनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार १३:४२ मा प्रकाशित

Himalayan Life AD
चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई...

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार...

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन  गृहमन्त्रीको निर्देशन

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई...