back

सीताकुण्ड हेर्न जाने पर्यटक बढ्न थाले

वि.सं.२०७६ असोज २४ शुक्रवार

177 

shares
RBB AD
NTC AD

२४ असोज, पाल्पा । पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ ।

रामपुर नगरपालिका– ३ र ४ का बीच भागमा रहेको सीताकुण्डमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताए ।

“सडक सुधार भएपछि यहाँसम्म आउने आन्तरिक पर्यटक पछिल्लो समय बढ्दै गएका छन्, भगवान् राम र सीतासँग जोडिएको पौराणिक महत्वका कारण पनि विशेषगरी टाढाटाढाका यो क्षेत्रमा अवलोकन गर्नका निम्ति आउने गरेका छन्”, उनले भने ।

श्रीकृृष्णाजन्माष्टमीका दिन श्रद्धालु भक्तजन रामपुर नगरपालिका वडा नं ५ स्थित कालीगण्डकीको रामघाटमा नुहाएर सीताकुण्डमा जल चढाई पुनःरामघाटमा गएर पूजाआजा गर्ने परम्परा छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

त्रेतायुगमा भगवान् रामचन्द्र र उहाँकी धर्मपत्नी सीता वनबास जाने क्रममा रामघाटमा आई बास बसेको पौराणिक कथन छ । सीता रजस्वला भएपछि उनलाई लुकाउन सीताकुण्ड लगिएको थियो । नुहाउने क्रममा पानी नभएपछि भगवान् रामचन्द्रले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरी त्यही कुण्डमा सीताले नुहाएको हुनाले यस कुण्डको नाम सीताकुण्ड रहन गएको हो । त्यस समयदेखि नै यहाँ पूजाआजा हुँदै आइरहेको छ ।

सीतालाई नुहाउनका लागि बाण हानेर पानी निकालिएको र खानका लागि धान छरेको बुढापाका बताउँछन् । कुण्डमा पानी कहिल्यै नसुक्ने स्थानीयको भनाइ छ । धार्मिक तथा ऐतिहासिक हिसाबले यसको महत्व रहे पनि प्रचारप्रसार तथा पूर्वाधार विकास नहँुदा ओझेलमा परिरहेको थियो । पछिल्लो वर्ष रामपुर नगरपालिकाले दश पर्यटकीय क्षेत्रका रुपमा समेटेर पूर्वाधार विकासका काम गर्न थालेपछि अहिले यो कुण्ड पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढेको हो । सीताकुण्डसम्म पुग्ने सडक सुधार, भौतिक पूर्वाधारको विकास हुँदै जाँदा मन्दिरमा भक्तजनको चहलपहल बढ्दो छ ।

कुण्डमा नुहाई भगवान्को दर्शन गर्नाले मोक्ष्यप्राप्ति हुने र मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । श्रीकृष्णा जन्माष्टमी पर्व, रामनवमी पर्वका अवसरमा यहाँ वर्षेनी मेला लाग्दै आइरहेको छ ।

यस वर्षको जन्माष्टमीका अवसरमा सात हजारभन्दा बढीले मन्दिर दर्शन तथा अवलोकन गर्न पुगेको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताए । रासस

वि.सं.२०७६ असोज २४ शुक्रवार ०९:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

घोराही (दाङ) । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला...

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वालिङ (स्याङ्जा) । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका...

आफ्नै छोराको हत्या गरी फरार रहेकी महिला पक्राउ

आफ्नै छोराको हत्या गरी फरार रहेकी महिला पक्राउ

काठमाडौं । आफ्नै बच्चाको हत्या गरेर फरार रहेकी एक महिला...

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

तुलसीपुर (दाङ) । दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट...

पाल्पा क्याम्पस रोड १९ दिन बन्द गरिने, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

पाल्पा क्याम्पस रोड १९ दिन बन्द गरिने, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

पाल्पा । पाल्पा तानसेनको क्याम्पस रोड सडक निर्माण कार्य सुरु...

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा...