back

इन्टरनेट र फोनको पहुँच बढेपछी सुनसान बन्दै हुलाक कार्यालय

वि.सं.२०७६ असोज २७ सोमवार

168 

shares
RBB AD
NTC AD

२७ असोज, दाङ । कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो । सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ ।

गाउँ–गाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग निकै कम हुने गरेको छ । चिठी–पत्रको प्रयोग घटेसँगै हुलाकको आकर्षणसमेत घट्दै गएको छ । हुलाकबाट सूचना गर्नुपरे महीनौँ दिन लाग्ने भएकाले पनि मोबाइल र इन्टरनेट नै बढी प्रयोग हुने गरेको हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले बताए ।

पहिलेको तुलनामा चिठीपत्र कम आउन थालेको उनको भनाइ छ । व्यक्ति तथा सङ्घ संस्थाले इमेल, इन्टरनेट, फ्याक्सलगायत प्रविधिको प्रयोग गर्ने गरेकाले हुलाक कार्यालयमा चिठीपत्र कम आउन थालेका हुन् । अहिले हुलाकमार्फत व्यक्तिगत चिठी एकदमै कम आउने गरेको छ । छिटफुट रुपमा संस्थागत चिठी आउने गरेको उनको भनाइ छ ।

हुलाक कार्यालय दाङबाट दैनिक १५० को हाराहारीमा चिठीपत्र आउने तथा जाने गरेका छन् । हाल हुलाक कार्यालय दाङले चिठीपत्र दर्ता, टिकट बिक्री, हुलाक, बैंक सेवा, धनादेश सेवा, ५०० वाट क्षमताका एफएम रेडियो नवीकरण, रोयल्टी, केवल टेलिभिजन नेटवर्कको नवीकरण, तथा रोयल्टी बुझ्ने, सूचना हक कार्यान्वयन गर्ने गराउने, जिल्लाका सबै सार्वजनिक निकायमा सूचना अधिकारी तोक्न लगाउने, नागरिक बडापत्र राख्न लगाउने तथा त्यसको अनुगमन गर्ने कार्य गर्दै आएको उनले बताए ।

हुलाकबाट ४५ लाखको टिकट बिक्री
हुलाक कार्यालय दाङले गएको आर्थिक वर्ष २०७\०७६ मा रु ६० लाख १३ हजार ३०० राजश्व सङ्कलन गर्न सफल भएको छ । जसमा रु ४५ लाखको टिकट बिक्री गर्न सफल भएको जिल्ला हुलाक कार्यालय दाङका कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।रासस

वि.सं.२०७६ असोज २७ सोमवार १०:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

घोराही (दाङ) । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला...

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वालिङ (स्याङ्जा) । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका...

आफ्नै छोराको हत्या गरी फरार रहेकी महिला पक्राउ

आफ्नै छोराको हत्या गरी फरार रहेकी महिला पक्राउ

काठमाडौं । आफ्नै बच्चाको हत्या गरेर फरार रहेकी एक महिला...

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

तुलसीपुर (दाङ) । दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट...

पाल्पा क्याम्पस रोड १९ दिन बन्द गरिने, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

पाल्पा क्याम्पस रोड १९ दिन बन्द गरिने, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

पाल्पा । पाल्पा तानसेनको क्याम्पस रोड सडक निर्माण कार्य सुरु...

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा...