back
CTIZAN AD

इन्डोनेसियामा सैनिक हेलिकप्टर दुर्घटना भएको केही दिनपछि चालकको उद्धार

वि.सं.२०७३ मंसिर १४ मंगलवार

915 

shares

१४ मंसिर, जकार्ता । इन्डोनेसियाली सेनाको एक हेलिकप्टर चालकलाई निजले चलाएको विमान बोर्नेओ द्वीपमा दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको एक अधिकारीले सोमबार बताए ।

उक्त हेलिकप्टरमा रहेका अन्य चार व्यक्ति अझै हराइरहेको बताइएको छ ।

बेल ४१२ हेलिकप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेला पारिएको हो । मलेसियाको सीमासँगै दुर्गमस्थानको एक सैनिक केन्द्रमा आवश्यक सामग्री पु¥याउन तीन दिन अगाडि जाँदा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनास्थलसम्म पुग्न निकै कठिन भएकाले चालकलाई डोरीको माध्यमबाट उद्धार गरिएको सेनाका प्रवक्ता सब्रार फाधिलाहले बताए । उनले चालकलाई हाल उपचारका लागि अस्पताल लगिएको जानकारी दिए ।

फधिलाहले उडानको समयमा विमानमा रहेका अन्य चार व्यक्तिलाई उत्तरी कालिमान्तान प्रान्तको पहाडी क्षेत्रमा रहेको दुर्घटनास्थलमा फेला पार्न नसकिएको बताए । उनले खोजी कार्य कायमै रहेको उल्लेख गरे । एएफपी

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०३:०६ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...