back

तमु समाज बेल्जियमले ल्होछार मनाउने

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.1K 

shares

tamu-samaj-belgium-logo

 तमु समाज बेल्जियमको  आयोजनामा ३० डिसेम्बरका दिन बेल्जियममा  २६०१ औ तमु ल्होछार मनाइने भएको छ ।
३० डिसेम्बरमा सम्पन्न हुन गैरहेको  उक्त २६०१ औ तमु ल्होछार भुतपुर्व अध्क्ष्य बालेन्द्र तमुको संयोजकत्व तथा चोकराज गुरुङको सहसंयोजकत्वमा ६१ सदस्य रहने गरि  तयारी समिति गठन गरिएको छ ।
हालै बेल्जियमको लुभेनमा बसेको तमु समाज बेल्जियमको बैठकले एक  उक्त तयारी समिति गठन गरेको हो ।
तमुहरुको महान चाड एबम नेपालीहरुका राष्ट्रिय पर्व ल्होछार बादर वर्गलाई बिदाइ गर्दै चरा वर्गको स्वागत स्वरुप यसपटक पनि बेल्जियम स्थित सम्पुर्ण तमुहरुद्वारा भव्यरुपमा बेल्जियमको  आन्त्रोपेन शहरमा आगामी डिसेम्बर ३० शुक्रवारका दिन सम्पन्न  गरिने बताइएको छ ।
यस ल्होछार पर्वलाई भव्यताका साथ सफल बनाउनका लागि विभिन्न उप समितिहरुको समेत गठन गरिएको छ ।  साथै बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि एवम तमु तथा गैर तमु नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा समेत उक्त कार्यक्रममा उपस्थित भइ राष्ट्रिय पर्व तमु ल्होछारलाइ सफल बनाइ दिन समेत तमु समाजले  अनुरोध गरेको छ ।

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०४:३९ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...