back
CTIZAN AD

पृथ्वी राजमार्गका मोटरेवल पुलको मर्मत सुरु

वि.सं.२०७३ मंसिर १५ बुधवार

1.1K 

shares

१५ मङ्सिर,दमौली। पोखरा—काठमाडौँ पृथ्वी राजमार्गमा पर्ने सानाठूला दुई दर्जन मोटरेवल पुलको मर्मत कार्य सुरु गरिएको छ ।

पुल जीर्ण र कमजोर हुन थालेपछि ती पुलको मर्मत सुरु गरिएको छ । ती पुलहरुमा रङ्गरोगन गर्ने, लुज भएका नटबोल्ट टाइट गर्ने, वेल्डिङ गर्ने, दायाँ बायाँ बोर्ड राख्ने काम हुने पुल योजना सेक्टर नं। २, मध्यक्षेत्र, पाटनढोका, ललितपुरका इन्जिनियर रमेश सुवेदीले बताउनुभयो ।

पृथ्वी राजमार्गमा पर्ने सानाठूला दुई दर्जन पुलको मर्मत थालिएको जानकारी उहाँले दिनुभयो ।

उक्त कार्यका लागि रु ९ करोड खर्च लाग्ने उहाँले बताउनुभयो । यस वर्ष पृथ्वी राजमार्गको सबैभन्दा लामो ३७० मिटरको मादीनदी पुल, डाङडुङ पुल, हुक्दी पुल, अँधेरीखोला पुल, खानीखोला पुललगायतका पुल मर्मत गरिनेछ ।

नौविसे–पोखरा सडक खण्डमा पर्ने स–साना पुलहरु समेत मर्मत भइरहेका छन्, इञ्जिनियर सुवेदीले भन्नुभयो । तीन महिना भित्रमा मर्मत सकिनेछ, उहाँले भन्नुभयो ।

फागुन मसान्तसम्ममा ती पुलको मर्मत सकिने सो आयोजनाले जनाएको छ । सुवेदीका अनुसार यस वर्ष मुग्लिनको पुल, विजयपुर खोलाको पुल भने मर्मतमा परेको छैन । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०२:४० मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...