back

पार्टी एकढिक्का बनाउनु आवश्यक: कोषाध्यक्ष यादव

वि.सं.२०७३ मंसिर १५ बुधवार

897 

shares

१५ मङ्सिर,पाँचथर । नेपाली काँग्रेसकी कोषाध्यक्ष तथा शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पार्टी गुट उपगुटमा फसेको भन्दै पार्टीलाई शीर्षस्थ नेतृत्वले एक ढिक्का बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

पाँचथरको फिदिममा मङ्गलबार बिहान पार्टी कार्यकर्तासँग भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “तेह्राँै अधिवेशन एकताको महाधिवेशन भनिए पनि त्यो हुननसकेको भन्दै उहाँले पार्टीलाई एक बनाएर लैजान शीर्षस्थ नेतृत्व जिम्मेवार बन्नुपर्ने हुन्छ।”

महाधिवेशन भएको लामो समय बितिसक्दा पनि पदाधिकारी चयन गर्न ढिलाई गर्नु दुःखद भएको उहाँले बताउनुभयो । यस्तै, रकम अभावले द्वन्द्व पीडितलाई राहत दिन नसकेको बताउँदै आफूले प्रधानमन्त्री तथा अर्थ मन्त्रालयमा यथेष्ट बजेट विनियोजन गर्न माग गरेको जानकारी गराउनुभयो ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य हकहित सम्बद्ध संसदीय सभापति भीष्मराज आङदेम्बेले सानातिना कुरामा नअल्झिकन पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणमा लाग्न सबै कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०३:२८ मा प्रकाशित

Himalayan Life AD
आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...