back

अब भोकै बस्नु पर्दैन…

वि.सं.२०७६ कात्तिक ६ बुधवार

147 

shares
RBB AD
NTC AD

६ कार्तिक,  काठमाडौँ । सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आइन । निको भएर हँसीखुशी फर्कने उनको धोको थियो । ढाडमा नशा च्यापिएकाले उपचारमा झण्डै रु एक लाख लाग्यो ।
निको नहुँदै खर्च धेरै भएको निहुँमा छोरा बुहारीले हेलाँ गर्न थाले । उनीहरु काठमाडौँको एक स्वीटर कारखानामा काम गर्थे । जन्म दिएको छोराले नै रिस गरेपछि सहेर बस्न उनको मनले मानेन । “पहिले उपचार गर्न भन्दै ल्यायो, पछि एकलाख खर्च लाग्यो भनेर हेलाँ गर्न थाल्यो, निहुँ त्यही हो, अनि हिँडेँ ”, दिलमायाले दुःख पोख्दै भनिन ।
कयौँ रात भोकै सुतेको नमिठो अनुभव छ, उनिसँग । माग्दा कसैले दिन्थे, कसैले दिँदैन थिए । निक्कै समय जीवन बचाउने सङ्घर्ष चल्दै थियो । पशुपति नजिकका एक पसलेको खबरमा मानवसेवा आश्रमको टोलीले गत असोज २८ गते उनलाई उद्धार ग¥यो ।
“जाउँ आमा हामी पाल्छाँै भन्दै आए, अनिसँगै आएको, कोही नहुनेका पनि कोही त रैछन् नि”, दिलमायाले भनिन । “अब माग्नु पर्दैन, भोकै पनि बस्नु पर्दैन”, आफ्नो विगत सुनाउँदा सुनाउँदै दिलमायाको आँखाबाट आँशुका ढिक्का बरर झरे । उनको सेवामा जुटिरहेकी सन्तोषी रानामगरका पनि आँखा रसाए । उनलाई अहिले नयाँ जीवन पाएझैँ भएको छ ।
चितवनको भरतपुर अस्पताल नजिकै मोरङका रोशन सुवेदी मदिराले लठ्ठ भएर सडकमै थिए । एकल जिन्दगीमा न कसैको भर । न कसैको भरोसा । कामले मिठाई बनाउने मिस्त्री । कमाएको दिनको पैसा नसकिउन्जेल रक्सीमै सक्ने दैनिकी । चारदिन अघि उनलाई यस्तै अवस्थामा भेटियो । उद्धार गरेको छोटो समयमै उनि अहिले आश्रमको भान्सा सम्हाल्न थालेका छन । “पहिले जीवन अस्तव्यस्त थियो, जति कमायो उति सकिन्थ्यो, अहिले आफूजस्तै बेसाहराको सेवा गर्छु, खुशी छु”, रासससँगको संक्षिप्त कुराकानीमा उनले भने ।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी भन्छन, “उनिहरुको मुहारमा खुशी छचल्किँदा फुरुङ्ग हुन्छौँ, मुलुकलाई नै यस्ता बेसहारा हयोगापेक्षीमुक्त सडक बनाउने हाम्रो योजनाले साकार रुप लिँदै गएको महसुस गरेका छौँ ।” लमजुङमा आफ्नै घरमा २० वर्ष थुनिएका एक मनोरोगीको पनि केही दिन अघि उद्धार गरिएको छ ।
नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुने, धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र धारा ४३ मा आप्mनो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख छ तर पनि गास, बास, कपास र आफन्तको साथ नहुने व्यक्ति सडकमा धेरै छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा उद्धार कार्य चलाइए पनि ठोस प्रगतिमा चुनौती कायमै छ ।
सर्वाेच्च अदालतले नेपाल सरकार तथा मन्त्रिपरिषद्को नाममा २०७३ साल जेठ २६ गते जीवन नै सङ्कटमा परेका असक्त, परित्याक्त तथा घरबारविहीन, बेवारिसे मानवको संरक्षणको लागि उचित बासस्थान र भरणपोषणको व्यवस्था गर्नु भनी परमादेशसमेत जारी गरिसकेको छ ।

मौलिक हक कार्यान्वयनका लागि सरकारले पछिल्लो समयमा केही तदारुकता देखाउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सडकमा बेवारिसे भएर बस्ने अबस्थाको अन्त्य हुने उद्घोष गर्नुले पनि अभियानमा सक्रिय संस्थालाई ऊर्जा मिलेको अभियानकर्मी बताउँछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम सरकारले २०७५÷७६ को बजेट वक्तव्यमा ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा तय गर्दै असक्त, असहायलाई राज्यबाट संरक्षणको अनुभूति हुने गरी सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने उल्लेख छ । (रासस)

वि.सं.२०७६ कात्तिक ६ बुधवार १४:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान...

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायसंवाद कार्यक्रम सुरु गरेको छ ।...

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान...

पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा

पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा

चितवन । खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्न...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु...

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन दूतावासको आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका...