back

करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

वि.सं.२०७६ कात्तिक ६ बुधवार

531 

shares
IME Limited
NTC AD

६ कात्तिक, जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना चिकित्सक करारका छन् ।
“चिकित्सक समायोजनका कारण अस्पताल रित्तिएको छ”, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रविन भुसालले भने, “यहाँका चिकित्सकलाई केन्द्र सरकारले समायोजन गरी अन्यत्रका अस्पताल पठाएपछि जनशक्तिको अभाव भएको हो ।”
दरबन्दीमा कार्यरत चिकित्सक समायोजन भएर बाहिर जिल्ला गएपछि जिल्ला अस्पताल दरबन्दीको मेडिकल अधिकृतविहीन भएको छ । हप्ता दिन अघिमात्र जटिल खालको शल्यक्रिया हुने जाजरकोट जिल्ला अस्पतालमा अब सामान्य जाँच मात्र हुने अवस्थामा पुगेको छ । अहिले १३ जना स्वास्थ्यकर्मी र कर्मचारीको भरमा जिल्ला अस्पताल चलेको प्रमुख डा भुसालले जानकारी दिए ।
चिकित्सक पठाई दिन उहाँले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आग्रहसमेत गरे । पचास श्ययाको अस्पताल चिकित्सकविहीन हुनु सामान्य कुरा नभएको उनको भनाइ छ । अहिले जिल्लाका तीन सरकारी कार्यालयलाई गाभेर स्वास्थ्य सेवा कार्यालयबाट सञ्चालन भइरहेको जिल्ला अस्पताल जाजरकोटमा विगतदेखि दिदैं आएको सेवासमेत कटौती हुन थालेका छन् ।
दरबन्दीका चिकित्सक समायोजन भई बाहिर जाने तर जाजरकोट कसैले नरोज्दा समस्य भएको हो । जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मी टिकाउन समस्या भएको भन्दै सर्वत्र चिन्ता भएको छ ।
जिल्लाको एक मात्र ५० श्ययाको अस्पताल भए पनि कर्मचारीको अभावमा थलिने अवस्थामा पुगेको डा भुसालले जानकारी दिए । तीन कार्यालय गाभिएपछि अहिले आयुर्वेद कार्यालयका प्रमुख नै कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । त्यस्तै ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा समेत सोही समस्य देखिएको छ ।
गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य संस्था लामो समयदेखि चिकित्सकविहीन छ । त्यस्तै दल्लीमा रहेको स्वास्थ्य संस्थामा पनि सोही समस्या रहेको छ । करारमा काम गरिरहनुभएका चिकित्सकले पनि कामको चापले गर्दा समस्या भएको भन्दै गुनासो आइरहेको प्रमुख भुसालको भनाइ छ ।
जाजरकोट, रुकुम, सल्यान र डोल्पाका बिरामीसमेत जाजरकोटको जिल्ला अस्पतालमा जटिल खालका सेवा पाएपछि खुशी भएकोमा अहिले त्यो खुशी पीडामा बदलिएको छ । (रासस)

वि.सं.२०७६ कात्तिक ६ बुधवार १६:१६ मा प्रकाशित

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

जुम्लाका स्थानीय तहले ल्याए बजेट, कुन पालिकालाई कति ?

जुम्लाका स्थानीय तहले ल्याए बजेट, कुन पालिकालाई कति ?

जुम्ला । जुम्लाका ८ वटै स्थानीय तहले आर्थिक वर्ष २०८१/८२...

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

सिमकोट, (हुम्ला) । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका...

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला । चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्याक्टर दुर्घटना हुँदा एक...

हुम्लामा आगलागीबाट आठ घर नष्ट

हुम्लामा आगलागीबाट आठ घर नष्ट

दाने बोहरा /सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको...