back

स्वस्थ्य संस्थामा सुत्केरी भए : आयोडिनयुक्त नुनसहित खानेतेल

वि.सं.२०७६ कात्तिक ७ बिहीवार

225 

shares
NTC AD
Global IME AD

७ कार्तिक, जाजरकोट । कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् ।
असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन् । जनचेतनाको विकासका साथै सङ्घीय सरकार र स्थानीय सरकारले यातायात खर्चका साथै खानेतेल दिन थालेपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या ह्वात्तै बढेको हो ।
सरकारले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुँदा यातायात खर्च दुई हजार र चारपटक गर्भ जाँच गराउँदा थप रु ८०० भत्ता दिने गरेको छ । नलगाड नगरपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई थप रु एक हजार भत्ता दिने गरेको छ । भत्ताका साथै नगरपालिकाले सुत्केरी महिलालाई डेढ लिटर खानेतेल, आयोडिनयुक्त नुन एक केजी, साबुन, ब्रस, पेन्टी, प्याड, न्यानो कपडालगायतका सामग्री दिने गरेको छ ।
नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई डेढ लिटर खानेतेल, आयोडिनयुक्त नुन एक केजीसहित विभिन्न सामग्री उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ । नलगाड नगरपालिका–३ की २५ वर्षीया वृहस्पती पुनले चारपटक नियमित गर्भ जाँच, सुत्केरी हुन स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी भइन् । उनले एकमुष्ट रु तीन हजार ८००, डेढ लिटर तेल, नुन र अन्य सामग्री पाएको राससलाई जानकारी दिइन । उनले भनिन “निममित गर्भ जाँच गराउँदा बच्चा बढे/नबढेको, उल्टो, सुल्टो अवस्था आदिका बारेमा जानकारी हुन्छ र ढुक्क होइन्छ ।” पहिलोपटक गर्भवती हुँदा नियमित गर्भ जाँच नगर्दा र घरमै असुरक्षित तरिकाले सुत्केरी हुँदा निकै दुःख पाएपछि आफू यसपटक झन् सचेत भएको उनले जानकारी दिइन । पहिलोपटक सुत्केरी ब्यथा लागेको दुई दिनसम्म पनि बच्चा नजन्मेपछि सदरमुकाम खलङगा गएर बच्चा जन्माएको पीडा उनिसँग ताजै छ ।

नलगाड नगरपालिका–३ कै १८ वर्षीय कमला घर्तीले पनि चारपटक नियमित गर्भ जाँच गराएको बताइन । पहिलोपटक गर्भवती हुँदा उनि नजिकैको कैन स्वास्थ्य केन्द्रमा गएर सुत्केरी भइन । कमलाले भनिन्, “शुरुमा डर लागेको भएपनि स्वास्थ्य संस्था गएर सुत्केरी हुँदा मलाई सुरक्षित महसुस भयो ।” केही वर्ष पहिलेसम्म घरमै भगवान् भरोसामा सुत्केरी हुने महिला अहिले सबै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेका छन् ।” उनले पनि सहरीय यातायात खर्च, स्थानीय सरकारको सुत्केरी भत्ता र तेलका साथै अन्य सामग्री पाइन । उनले सुत्केरीलाई भत्ता दिन थालेकोमा खुशी व्यक्त गर्दै दुवै सरकारलाई धन्यवाद दिइन ।

सङ्घीय स्थानीय दुवै सरकारले भत्ता दिन थालेपछि धेरैजसो गर्भवती महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको स्वास्थ्यचौकी कैनाका रामेश्वर रानाले बताए । नलगाड नगरपालिका–३ का कैना, टट्टा, चाउलेचौर र करुवागाउँका स्थानीयवासी यस स्वास्थ्य संस्थाका सेवाग्राही हुन् । वडा नं ३ मा गत आर्थिक वर्षमा सुत्केरी भएका ५४ महिलामध्ये ५१ जना यसै स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको स्वास्थ्यचौकीका रानाले बताइन । अन्य तीन जना जिल्ला अस्पतालमा गएर सुत्केरी भएको उनको भनाइ छ ।

“घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिएका थियौँ, सफल भयाँै ।” विभिन्न आमसञ्चारका माध्याम, आमा समूह, विद्यालय, घरदैलो अभियान आदिबाट सुरक्षित तरिकाले सुत्केरी हुँदा हुने फाइदा र असुरक्षित तरिकाले घरमै सुत्केरी हुँदा हुने ज्यानकै जोखिमका बारेमा जनचेतना फैलाइएपछि महिलाहरु आफनो स्वास्थ्यप्रति सचेत भएका हुन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा शिशु मृत्युदर र मातृ मृत्युदर पनि ह्वात्तै घटेको स्वास्थ्यकर्मीको भनाइ छ । (रासस)

वि.सं.२०७६ कात्तिक ७ बिहीवार ११:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सरकार बिस्तार गर्दै मुख्यमन्त्री कँडेल

सरकार बिस्तार गर्दै मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना...

पचाल झरनालाई ‘नेपालकै अग्लो झरना’ को मान्यता दिन आग्रह

पचाल झरनालाई ‘नेपालकै अग्लो झरना’ को मान्यता दिन आग्रह

मान्म (कालीकोट) । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल...

पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

कर्णाली । पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको...

अत्यधिक रक्तश्रावका कारण बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

अत्यधिक रक्तश्रावका कारण बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

सिमकोट (हुम्ला) । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा...

अन्धविश्वासकै कारण बच्चा जन्माएको डेढ घण्टापछि देवकोटाको मृत्यु

अन्धविश्वासकै कारण बच्चा जन्माएको डेढ घण्टापछि देवकोटाको मृत्यु

सिमकोट (हुम्ला) । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा...

जुफाल विमानस्थल मर्मत पछि सेवा सुरु

जुफाल विमानस्थल मर्मत पछि सेवा सुरु

डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि...