back

खप्तडमा ६० किलोवाट विद्युत् उत्पादन

वि.सं.२०७६ कात्तिक ७ बिहीवार

231 

shares
RBB AD
NTC AD

७ कार्तिक, खप्तड । सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६० किलोवाटको खप्तड लघुजलविद्युत् परियोजनाले उत्पादन शुरु गरेको हो ।
विसं २०७० देखि निर्माण कार्य शुरु भएको सो आयोजना निर्माणमा वैकल्पिक ऊर्जाको रु एक करोड २७ लाख ५० हजार, गरीबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालीन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालीन जिल्ला विकास समितीबाट पाँच लाख खर्च भएको थियो ।
आयोजनाको लागि पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितीबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट पाँच लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ बाट १५ लाख, सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख आर्थिक सहयोग भएको आयोजनाका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिए ।
हाल आयोजनाको कूल लागत रु दुई करोड ६८ लाख ५९ हजार पुगेको र ६० किलोवाट विद्युत् उत्पादन भइरहेको अध्यक्ष कडायतले बताए । विद्युत् सुचारु भएसँगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यारेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय, छिमेकी जिल्ला बाजुराको छेडेदह गाउँपालिकाको वडा नं. १ र २ तथा खप्तडका सबै टोलका बासिन्दाले विद्युत् उपभोग गर्ने भएका छन ।
बिहीबार बिहान सो विद्युत् आयोजनाको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले अब खप्तडमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए । खप्तडमा विद्युत्को पहुँच हुँदा यहाँ आउने पर्यटकलाई सहज हुने भएकाले अझ बढी पर्यटक भित्रिने धारणा व्यक्त गरे । उनले दूरदराजका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र पर्यटन प्रर्वद्धन गर्न लघुजलविद्युत् आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर, साँफेबगर नगरप्रमुख कुलबहादुर कुँवर, नेकपा अछामका जिल्ला कमिटी सचिव झपट साँउद र अन्य जनप्रतिनिधिलगायत सहभागी भएका थिए । (रासस)

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १२:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेतमा बाढी पसेर ५० बिघामा लागाएको मकै खेती नष्ट

खेतमा बाढी पसेर ५० बिघामा लागाएको मकै खेती नष्ट

बनियानी (झापा) । अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा...

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा

सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा...

कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट

कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट

झापा । कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’...

कोशी प्रदेशद्वारा स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट विनियोजन

कोशी प्रदेशद्वारा स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट विनियोजन

झापा । कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’...

सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

भोजपुर । जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको सेल्मे...

बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित

बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित

फुङ्लिङ (ताप्लेजुङ) । निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको...