back

पसलमा आगलागी , रु १ करोड बढीको क्षति

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

261 

shares
RBB AD
NTC AD

८ कार्तिक, राँझा । नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको छ ।

जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । जनता सिरकले मात्रै रु ५० लाख बढीको क्षति भएको बताएको छ । रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगजनी भएको स्थान नजीकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना टरेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई, नेपालगञ्ज विमानस्थलको एक, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी छ वटा दमकलले आगो निभाएको हो ।

तीन महीनाअघि गत साउन २३ गते पनि त्यही नजीकका एक दर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो । पछिल्लो तीन महीनामा नेपालगञ्जमा पाँच वटा ठूला आगलागी भएका छन् । रासस

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १०:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

घोराही (दाङ) । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला...

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वालिङ (स्याङ्जा) । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका...

आफ्नै छोराको हत्या गरी फरार रहेकी महिला पक्राउ

आफ्नै छोराको हत्या गरी फरार रहेकी महिला पक्राउ

काठमाडौं । आफ्नै बच्चाको हत्या गरेर फरार रहेकी एक महिला...

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

तुलसीपुर (दाङ) । दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट...

पाल्पा क्याम्पस रोड १९ दिन बन्द गरिने, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

पाल्पा क्याम्पस रोड १९ दिन बन्द गरिने, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

पाल्पा । पाल्पा तानसेनको क्याम्पस रोड सडक निर्माण कार्य सुरु...

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा...