back

उद्योग वाणिज्य संघ र एनआरएनए सहकार्य गर्दै अगाडि बढ्ने

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

483 

shares
GLOBAL IME AD
NTC AD

८ कात्तिक, काठमाण्डौं । गैरआवासीय नेपाली संघका पदाधिकारी र नेपाल उद्योग परिसंघका पदाधिकारी विच सहकार्य गर्दै अगाडि बढ्ने विषयमा छलफल भएको छ ।

नेपाल उद्योग वाणिज्य संघको कार्यालयमा बुधबार बसेको बैठकमा नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई उद्योग वाणिज्य संघले स्वागत समेत गरेको थियो ।

उक्त वैठकमा आपसी सहयोग र सहकार्य बढाउने वारे व्यापक छलफल भएको एनआरएनएले जनाएको छ ।

छलफलमा विशेषत नेपालमा लगानी प्रवर्धन, विदेशबाट ज्ञान सिप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीहरुलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित थियो ।

वैठकमा नेपाल उद्योग परिसंघका तर्फबाट संयुक्त सहकार्यको विषयमा गैरआवासीय नेपाली संघसंग सहकार्य गर्ने इच्छा प्रकट गरियो । वैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसंघसंग मिलेर काम गर्न र परिणाम देखाउन आफु इच्छुक भएको बताएका थिए ।

वैठककै अवसर पारेर दुई संस्था वीच सहकार्य गर्ने सम्बन्धमा एक सहमति पत्रमा समेत हस्ताक्षर समेत गरिएको छ ।
उक्त सहमति पत्रमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्त र नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिश कुमार मोरले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट उपाध्यक्ष डा. बद्री के. सी, प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र नेपाल उद्योग परिसंघको तर्फबाट निवर्तमान अध्यक्ष, उपध्यक्षहरु, कार्य समिति सदस्यहरु, महानिर्देशक र निर्देशक समेतको सहभागिता रहेको बताइएको छ ।

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार ११:११ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली...

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज...