८ कार्तिक , काठमाडौँ । नेपाल राष्ट्र बैंकले खुला प्रतियोगिताद्वारा विज्ञापन आव्हान गरेको छ ।
लोक सेवा आयोगको सहमति अनुसार यस बैंकमा रिक्त रहेका निम्न पदहरू : सहायक निर्देशक (अधिकृत तृतीय) , सहायक निर्देशक (अधिकृत तृतीय) लेखा\लेखापरीक्षण , सहायक ( सहायक द्वितीय) खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति आज शुक्रबारदेखि अनलाईन दरखास्त फाराम भर्न आव्हान गरिएको हो ।
बैंकले तोकेको अनलाईन फाराममा भर्नुपर्ने सम्पूर्ण विवरण भरी सोको साथ नागरिकता र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो स्क्यान गरी तोकिएको दस्तुर तिरी कार्तिक २८ गतेसम्म र दोब्बर दस्तुर तिरी मिति मसिंर ५ गतेसम्म अनलाईन दरखास्त पेश गर्नुपर्नेछ ।
विस्तृत जानकारीका लागि :
वि.सं.२०७६ कात्तिक ८ शुक्रवार ११:२० मा प्रकाशित