back

चौँरीपालन व्यवसाय सञ्चालन

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

378 

shares
NTC AD
Global IME AD

८ कार्तिक, जाजरकोट । कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले यहाँका दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ । डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चाँैरीपालन गरिएको छ ।

भूमि तथा कृषि मन्त्रालय कर्णाली प्रदेशबाट रु ५० लाख, जगदुला गाउँपालिकाको एक घर एक व्यवसाय कार्यक्रमबाट रु ३२ लाखबाट चौरीपालन व्यवसाय सञ्चालन गरिएको जगदुला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले जानकारी दिए ।

चौँरी नासिदै गएको बेला जगदुल्ला गाउँपालिकाको रु ३२ लाख र कर्णाली प्रदेश सरकारको रु ५० लाखको लगानीमा जगदुल्ला गाउँपालिका–४ चौँरीकोटमा भालुपाटन व्यवसायी चौरी फार्म स्थापना भएको हो । अहिले १५० चाँैरी रहेको उक्त फार्ममा रु पाँच लाखको डेरीसमेत सञ्चालन गरिएको छ ।

चौँरी फार्म र जगदुल्ला गाउँपालिकाभित्रका कृषकले पालन गरेका भैँसी तथा चौँरीको दूध सङ्कलन गरेर व्यावसायिकरूपमा डेरी स्थापना गरी सबैलाई नियमितरूपमा दूध तथा दूधबाट उत्पादित वस्तु वितरण गर्ने उद्देश्य रहेको अध्यक्ष नारसिंह रोकायले जानकारी दिए । डेरीबाट छुर्पी, दूध, घ्यूलगायतका दूधजन्य वस्तुहरु उत्पादन गरिने लक्ष्य लिएको रोकायले बताए ।

चौरी फार्मबाट उत्पादन हुने ऊनबाट विभिन्न कपडा बनाई अर्थोपार्जन गर्ने लक्ष्य लिइएको छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–११ घोडाखोरमा बङ्तडीमा २६ वर्षपछि चौँरीपालन स्रोत केन्द्र स्थापना भएको हो । उक्त स्रोत केन्द्रमा ३२ वटा चौँरी रहेको छ ।

दुवै ठाउँमा रहेको चाँैरीपालन केन्द्रको अनुगमन तथा उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जनताको जीवनस्तर उकास्नका लागि कर्णाली प्रदेश सरकारले कृषकमुखी कार्यक्रम ल्याएको बताए । डोल्पामा खाद्यान्न ढुवानी, दुधजन्य पदार्थको उत्पादन अनि स्थानीयरूपमा उत्पादन गरिने कपडाको मुख्य स्रोत नै चौँरी भएको प्रदेशसभा सदस्य शाहीले बताए । डोल्पाका विभिन्न गाउँमा चाँैरीलाई पशुपालनको मुख्य व्यवसायको रुपमा लिइन्छ । (रासस)

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १२:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सरकार बिस्तार गर्दै मुख्यमन्त्री कँडेल

सरकार बिस्तार गर्दै मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना...

पचाल झरनालाई ‘नेपालकै अग्लो झरना’ को मान्यता दिन आग्रह

पचाल झरनालाई ‘नेपालकै अग्लो झरना’ को मान्यता दिन आग्रह

मान्म (कालीकोट) । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल...

पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

कर्णाली । पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको...

अत्यधिक रक्तश्रावका कारण बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

अत्यधिक रक्तश्रावका कारण बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

सिमकोट (हुम्ला) । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा...

अन्धविश्वासकै कारण बच्चा जन्माएको डेढ घण्टापछि देवकोटाको मृत्यु

अन्धविश्वासकै कारण बच्चा जन्माएको डेढ घण्टापछि देवकोटाको मृत्यु

सिमकोट (हुम्ला) । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा...

जुफाल विमानस्थल मर्मत पछि सेवा सुरु

जुफाल विमानस्थल मर्मत पछि सेवा सुरु

डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि...