back

लिबियामा १६ जना विद्रोही लडाकू मारिए

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

189 

shares
RBB AD
NTC AD

८ कात्तिक, त्रिपोली । संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् ।
हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका छन् । सरकारी सेनाले एक विज्ञप्ति प्रकाशन गरी सरकारी सेनाले अल–यारमुक क्षेत्रलाई नियन्त्रणमा लिनुका साथै विद्रोहीका हातहतियार र सवारी साधन कब्जामा लिएको जनाइएको छ ।
यसैबीच, विद्रोही सेनाले हवाई आक्रमण गरी दक्षिणी त्रिपोलीमा सरकारी सेनाका हातहतियार भण्डारमा ठूलो क्षति पु¥याएको दाबी गरेको छ । लिबियाको पूर्वी क्षेत्रमा नियन्त्रण कायम गरेर बसेका विद्रोही सेनाले गत अप्रिलदेखि राजधानी त्रिपोली र आसपास सरकारी सेना विरुद्ध भिषण युद्ध गरिरहेको छ ।
विद्रोही जनरल खलिफा हफ्तार समूहले संयुक्तराष्ट्र संघद्वारा मान्यताप्राप्त सरकार विस्थापित गर्ने मुख्य उद्देश्यका साथ राजधानी त्रिपोली सहित देशका विभिन्न भागमा आक्रमण जारी राखेको छ । लिबिया हाल पूर्वी र पश्चिमी सरकारका रुपमा विभाजित भएको छ ।
सन् २०११ मा तत्कालीन लिबियाली नेता मोउमार गद्दाफीको शासन ढलेसँगै राजनीतिक द्वन्द्वमा फसेको छ । (सिन्ह्वा)

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १२:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

कानो, नाइजेरिया । बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा...

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

बेइजिङ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्च...

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

दुबई । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा...

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली...

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

लन्डन(बेलायत) । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै...

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

मस्को(रुस) । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक...