
८ कार्तिक , काठमाडौँ । गुठी संस्थान प्रधान कार्यालयले आज शुक्रबार खुला तथा समावेशी प्रतियोतिात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने सूचना प्रकाशित गरिएको छ ।
लोकसेवा आयोगबाट प्राप्त सहमतिसमेतको आधारमा गुठी संस्थानअन्तर्गत रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको हो ।
सूचनामा भनिएको बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट कार्तिक ८ गतेदेखि २१ दिन भित्र रीतपूर्वक अनलाइन दरखास्त फाराम भर्न सूचनामा भनिएको छ । विस्तृत जानकारीका लागि :
वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १३:४३ मा प्रकाशित