
८ कार्तिक , काठमाडौँ । आज शुक्रबार धनतेरस मनाईदैछ । भोली धनवन्तरी मनाइनेछ ।
धनतेरस पर्व कार्तिक कृष्ण पक्षको त्रयोदशी मा मनाईन्छ । शुक्रबार सूर्योदयका बेला द्वादशी तिथि भए तापनि दिउँसो ४ः३१ पछि त्रयोदशी लाग्ने भएकोले यसै दिन धनतेरस मनाइन लागिएको हो । धनवन्तरी जयन्ती भने शनिबार तोकिएको छ ।
धनतेरसका दिनलाई कुवेरको दिनको रुपमा पनि लिइन्छ । आजका दिन सक्नुहुन्छ सुनका गरगहना किन्नुस् नसक्नेले चाँदीका वर्तनहरु किन्न राम्रो हुन्छ ।
त्यस्तै लक्ष्मी मातालाई पित्तल अत्यन्त मनपर्छ त्यसैले तपाईले आजका दिन पित्तलका भाँडावर्तन किन्न सक्नुहुनेछ । यसैगरी तामा, सुन चाँदीका पूजाभाँडा किन्दा पनि लक्ष्मी प्रशन्न हुन्छिन् । यदी सबैले सुन चाँदीका सामाग्री किन्न सकिदैन भने आजको दिन नयाँ कुचो वा झाडु मात्र किनेर घरमा राख्दा पनि लक्ष्मी प्रशन्न हुने विश्वास रहेको छ ।
त्यस्तै धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मुर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ ।
यसदिन धन जोड्नु शुभ मानिने भएकाले सुन, चाँदी, तामा वा अन्य धातुका सामग्री किन्न बजारमा घुइँचो लाग्ने गर्दछ । धन्तेरसका दिन जोडेको सामानले लक्ष्मीपूजा गर्नु शुभ मानिन्छ ।
वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १४:२३ मा प्रकाशित