back

श्रम मन्त्रालयको ‘कल सेन्टर’ तिहारमा खुला रहने

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

462 

shares
GLOBAL IME AD
NTC AD

८ काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ तिहारका सार्वजनिक बिदाका दिन पनि नियमितरुमा सञ्चालित हुने भएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै यही कात्तिक १० देखि १२ गते तिहारका बिदाका दिन बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म नियमित सञ्चालनमा आउने जनाएको हो । बिदापश्चात् सो सेवा बिहान ७ः०० देखि साँझ ९ः०० बजेसम्म सञ्चालनमा आउनेछ । मन्त्रालयले श्रम, रोजगार क्षेत्रका साथै वैदेशिक रोजगारीसम्बन्धी गुनासोको तत्कालै सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

निःशुल्क शव ढुवानी निरन्तर
यसैबीच वैदेशिक रोजगारीका क्रममा निधन भएका नेपाली कामदारको निःशुल्क शव ढुवानी सेवा तिहारको बिदामा पनि निरन्तर सञ्चालनमा आउने भएको छ । वैदेशिक रोजगार बोर्डले आज एक सूचना जारी गर्दै यही कात्तिक ९ देखि १३ गतेसम्मको बिदाका क्रममा मृतकको शवलाई निजको घर ठेगानासम्म निःशुल्क ढुवानी कार्य नियमित हुने जनाएको छ । शव ढुवानीमा सहजीकरण गर्न बोर्डले तीन कर्मचारीलाई तयारी अवस्थामा राखेको छ । (रासस)

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १६:०८ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली...

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज...