back

कुटपिटबाट युवकको मृत्यु

वि.सं.२०७६ कात्तिक १४ बिहीवार

291 

shares
RBB AD
NTC AD

१४ कार्तिक , नेपालगञ्ज । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्र्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

भाईटीकाको राति युवाहरुको कुटपिटबाट चारजना घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७, कालीगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देबी रोकायसहित अहिलेसम्म आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । कुटपिटमा संलग्न रहेको आशङ्कामा अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि स्थानीय युवाले अटोरिक्साको भाडाको विषयमा विवाद गरीे तोडफोड गरेपछि प्रहरीसमक्ष पुगेका अटोरिक्सा चालकलाई अटोमर्मत खर्च दिलाइएको थियो ।

त्यही युवाको समूहले अटोरिक्सा सञ्चालकलाई खोजी गर्दै गएका बेला झगडा शुरु भएको र झगडा नगर्न आग्रह गर्दागर्दै युवाहरुको समूहले कुटपिटमा उत्रिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । रासस

वि.सं.२०७६ कात्तिक १४ बिहीवार १२:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

घोराही (दाङ) । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला...

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वालिङ (स्याङ्जा) । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका...

आफ्नै छोराको हत्या गरी फरार रहेकी महिला पक्राउ

आफ्नै छोराको हत्या गरी फरार रहेकी महिला पक्राउ

काठमाडौं । आफ्नै बच्चाको हत्या गरेर फरार रहेकी एक महिला...

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

तुलसीपुर (दाङ) । दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट...

पाल्पा क्याम्पस रोड १९ दिन बन्द गरिने, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

पाल्पा क्याम्पस रोड १९ दिन बन्द गरिने, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

पाल्पा । पाल्पा तानसेनको क्याम्पस रोड सडक निर्माण कार्य सुरु...

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा...