
१५ कात्तिक, काठमाण्डौं । नेपाल बिधुत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका सहसंयोजक खगेन्द्र शाहिले प्राधिकरण भित्रका घुस्याहाहरुलाइ चेतावनी दिएका छन् ।
बिधुत् लोड स्वीकृतिमा घुस लिनेहरुलाइ शत्रु घोषणा गर्दै उनले भनेका छन, ‘ नेपाल सरकारले देशकोे आर्थिक बृद्धिदर ४.५५ हुँदा बिधुतको माग सन २०२० मा २ हजार २ सय ८४ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । तर, केही वर्षयता देशको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहँदा पनि वार्षिक विद्युत्को उच्चतम माग १२ सय मेगावाट हाराहारीमा मात्र छ । प्राधिकरणले निजी प्रबर्धकहरुसँग करिब ६,००० मेगावाट बराबरको बिधुत् ‘लिए पनि नलिए पनि पैंसा तिर’ भन्ने मोडालिटिमा पिपिए गरेको छ । यदि बिधुत्को माग बढाउन सकिएन भने अबको केही बर्षभित्र संस्था धराशायी हुनेछ । अबको प्रमुख चुनौती भनेकै बिधुत्को माग बढाउनु हो । यस्तो बेलामा पनि थ्रि फेज मिटर लिन आउने ग्राहकलाई स्वागत गर्नुपर्नेमा अधिकांश कार्यालयहरुमा उल्टो अतिरिक्त घुस नलिएर नदिने चलन यथावत छ । यो भन्दा ठूलो अपराध के हुनसक्छ ? नेपाल बिधुत् प्राधिकरणको कर्मचारी भएर संस्थाकै भबिस्यमाथि खेलबाड गर्ने काम आजैदेखि बन्द गरौं र गराउन लगाऔं ।’
नेपाल राष्टिय कर्मचारी संगठनको अध्यक्ष रहिसकेका शाहि नेकपा निकट राष्ट्रिय कर्मचारी युनियनमा हाल सहसंयोजक रहेका छन् । बिचार, संस्थाको समृद्दि र राष्टनिर्माणमा भिजन भएका शाहि नेपालको बर्तमान टेड युनियन आन्दोलनमा बिशिष्ट पहिचान बनाउन सफल छन् ।
वि.सं.२०७६ कात्तिक १५ शुक्रवार १३:१९ मा प्रकाशित