back
CTIZAN AD

कुवेतका अमिरद्वारा प्रधानमन्त्रीलाई मत्रिपरिषद् गठन गर्न आदेश

वि.सं.२०७३ मंसिर १६ बिहीवार

927 

shares

१६  मङ्सिर,कुवेत नगर । कुवेतका अमिर सेख सबाह अल–अहमाद अल–सवाहले बुधबार पदमुक्त हुन लाग्नुभएका प्रधानमन्त्री सेख जबर मुबारक अल–सवाहलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आदेश दिनुभएको छ । कुवेतमा हालै भएको निर्वाचनमा प्रतिपक्षी दल बलियो देखिएको छ ।

सेख जबर मुबारक अल–सवाह सत्ताधारी अल–सवाह परिवारका वरिष्ठ सदस्य हुनुहुन्छ र सोमबार उहाँले संविधान अनुसार राजिनामा दिनुभएको थियो । कुवेतको संविधान अनुसार नयाँ निर्वाचन भएपछि कायम रहेको मन्त्रिपरिषद्ले राजिनामा दिनपर्छ ।

उहाँले डिसेम्बर ११ सम्म नयाँ मन्त्रिपरिषद् गठन गर्नुपर्छ । सोही दिन संसदको नयाँ अधिवेश आरम्भ हुनेछ ।

इस्लामीहरूको बाहुल्य रहेको प्रतिपक्षीले ५० स्थानयुक्त संसदका करिब आधा स्थान प्राप्त गरेका छन् र उनीहरूले तेलको राजश्व कम भएको अवस्थामा सरकारले ल्याउने मितव्ययी उपायको विरोध गर्ने बताएका छन् ।

प्रतिपक्षी सांसदहरूले निर्वाचनको नतिजा अनुसार नयाँ प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरे पनि ७३ वर्षीय सेख जावरलाई पुन नियुक्ति गरिएको छ ।

कुवेतको संविधान अनुसार निर्वाचनको नतिजा जे भए पनि प्रधानमन्त्री नियुक्त गर्ने अधिकार अमिरलाई रहेको छ । कुवेती सरकार प्रणाली पश्चिमी शैलीको बहुदलीय प्रणालीसँग मिल्दैन ।

सरकारी कुना समाचार संस्थाले अमिरले पूर्व प्रधानमन्त्री तथा पूर्व सभामुख मार्जुक अल गानेमसँग परामर्शपछि शेख जाबरलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको उल्लेख गरेको छ ।
नयाँ संसदको सरकारसँग सम्बन्ध राम्रो नहुने अनुमान विश्लेषकहरूले गरेका छन् । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०३:१० मा प्रकाशित

Himalayan Life AD
मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

तेहरान । अमेरिकाले दोस्रो विमानवाहक पोत मध्यपूर्वतर्फ पठाएको छ, जसमा...

अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै : अध्ययन

अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै : अध्ययन

क्यानबेरा। अष्ट्रेलियाका विश्वविद्यालयहरूमा कर्मचारीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षासम्बन्धी जोखिममा...

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।...

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...