back

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्तावमाथि मतदानमा ढिलाइ

वि.सं.२०७३ मंसिर १६ बिहीवार

543 

shares
GLOBAL IME AD
NTC AD

१६  मङ्सिर,सोल । दक्षिण कोरियामा काण्डबाट प्रभावित राष्ट्रपति पार्क गुन हेमाथि महाभियोगको प्रस्तावमाथिको मतदान कम्तिमा एक साताका लागि पछि सारिएको छ । उहाँले आफूले छिटै पदबाट हट्न चाहेको बताएपछि मतदानको कार्य पछाडि सरेको हो ।

राष्ट्रपति पार्कका आफ्नै दलका सांसदहरूले पनि उहाँमाथि महाभियोग लगाउने प्रस्तावलाई समर्थन जनाएका थिए । हाल उनीहरूले यस विषयमा मतदान हुनुअगाडि छलफल गर्न चाहेका छन् । यस्तो छलफल एक सातापछि हुने हुनसक्नेछ ।

राष्ट्रपतिको ब्लु हाउसले पनि यस काण्डमा नयाँ चरणको अनुसन्धनमा उहाँले सघाउने र नयाँ नियुक्त विशेष अधिवक्ताले गर्ने सोधपुछमा उहाँ सहभागी हुने जानकारी दिएको छ ।

राष्ट्रपति पार्कमाथि उहाँका विश्वासपात्र चोइ सुन–सिलसँग मिलोमतो गरेको र चोइको व्यक्तिगत फाइदाका लागि संस्थाहरूलाई लाखौँ डलर चन्दा दिन बाध्य पारिएको अरोप लगाइएको छ । उहाँले यस विषयमा संसदलाई निर्णय गर्न दिइने बताउनुभएको छ ।

यस अनुसन्धानमा राष्ट्रपति पार्कलाई आशङ्कित व्यक्तिको रूपमा लिइएको छ र फौजदारी अभियोगमा अनुसन्धानमा पर्नुभएका उहाँ पहिलो वहालवाला राष्ट्रपति बन्नुभएको छ ।

उहाँले प्रत्यक्ष भिडियो सम्बोधनमा सांसदहरूले शक्तिरिक्तपना कम गर्न तथा शासनमा अराजकता हुननदिने अवस्था सिर्जना गरी शक्ति हस्तान्तरणको अवस्था सिर्जना गरे आफू पदबाट हट्ने बताउनुभयो ।

उहाँका आलोचकहरूले भने उहाँले महाभियोगको प्रयासलाई ढिलाइ गर्न उक्त प्रयास गर्नुभएको आरोप लगाएका छन् ।

उक्त सम्बोधनले उहाँकै साएनुरी पार्टीका केही सदस्यको चित्त बुझेको देखिएको छ र यसले प्रतिपक्षी दलको प्रयासमा बाधा उत्पन्न गराएको छ । राष्ट्रिय सभामा महाभियोगको प्रस्ताव पारित हुन दुई तिहाइ मत आवश्यक पर्छ ।

मुनह्वा इल्बो दैनिकले साइनुरीका करिब ३० सांसदले पहिले राष्ट्रपतिलाई पदमुक्त गर्ने प्रयासमा सहयोग गर्ने बताए पनि उहाँको सम्बोधनपछि उक्त कुराबाट पछि हटेको जानकारी दिएको छ ।

प्रतिपक्षले राष्ट्रपति पार्कले तत्कालै र कुनै पनि सर्त नराखी पदबाट हट्नुपर्ने अडान लिएको छ भने उहाँप्रति समर्थन जनाउनेले नियमित रूपमा उहाँको पलायन हुनुपर्ने माग राखेका छन् ।

राष्ट्रपति पार्कलाई पदमा रहँदासम्म देशद्रोह बाहेक फौजदारी अभियोग लगाउन सकिन्न तर उहाँ पदमुक्त हुनुभएपछि त्यसो गर्न सकिन्छ ।

राष्ट्रपति पार्कले बुधबार प्रतिपक्षको नियन्त्रणमा रहेको संसदले सिफारिस गरेको एक स्वतन्त्र अधिवक्तालाई उक्त काण्डमा छानविन गर्न दिने कुरामा सहमति व्यक्त गर्नुभएको छ ।

विशेष अधिवक्ताले राष्ट्रपति पार्कसँग अन्तर्वार्ता लिनेछन् र सरकारी अनुसन्धानकर्ताले गरेको अनुसन्धानको आधारमा १२० दिनभित्र प्रतिवेदन तयार गर्नेछन् ।

यसअघि राष्ट्रपति पार्कले आफूमाथि सोधपुछ गरिने कुरालाई अस्वीकार गर्नुभएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०३:११ मा प्रकाशित

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै...