back

कोलम्बियाको संसदले शान्ति सम्झौता पारित गरेकोमा राष्ट्रसङ्घ खुसी

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

639 

shares
GLOBAL IME AD
NTC AD

१७ मङ्सिर,संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुन र राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले कोलम्बियाको संसद (कंग्रेस) ले शान्ति सम्झौतापरित गरेकोमा बिहीबार खुlश व्यक्त गरेका छन् ।

कोलम्बियाको सरकार र त्यहाको सवै भन्दा ठूलो विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) का वीचमा भएको शान्ति सम्झौतालाई कोलम्बियाको कंग्रेसले बुधबार पारित गरेको थियो । यस सम्भmौताको कारण कोलोम्बियाका ५० बर्ष भन्दा बढी समयदेखि जारी द्वन्द्वको अन्त्य भएको छ ।

महासचिवद्धारा जारी वक्तव्यमा झण्डै आधा शताब्दी लामो द्धन्द्ध अन्त्य गरी मुलुकलाई सम्बृद्धितर्फ लैजान यो शान्ति सम्झौताले सहयोग गर्ने विश्वास व्यक्त गरिएको उहाँका प्रवक्तले जानकारी दिनु भएको छ ।

“शान्ति प्रक्रियाका लागि संविधान नै मुख्य मेरुदण्ड हो, भबिश्यमा पनि शान्ति कायम गर्दै अगाडी बढ्ने हामीले विश्वास लिएका छौं,” वक्तव्यमा भनिएको छ ।

उहाँले शान्ति सम्झौतालाई कार्यान्वयन गर्न सम्वन्धित पक्षहरुले कडा मेहनेत गर्ने आशा पनि गर्नु भएको छ ।

हत्या हिंसा अन्त्य गर्न र शान्ति सम्झौताको फाईदाबाट लाभान्वित हुन पनि उहाँले सवैलाई आह्वान गर्नु भएको प्रवक्तले जानकारी दिनुभयो ।

महासचिव मुनले युद्धविरामलाई कायमै राख्न दुवै पक्षलाइ आह्वान गर्दै आफ्नो तर्फबार्ट पुरा सहयोग’ हुने बताउनु भएको छ ।

छुट्टै पत्रकार सम्मेलनमा सुरक्षा परिषद्ले पनि द्धन्द्ध अन्त्यको प्रयास स्वागतयोग्य भएको बताएको छ ।

परिषद्का सदस्यहरुले प्रतिबद्धता कार्यान्वयन गर्न र शान्ति स्थापना गर्ने कार्यतर्फ लागेकोमा कोलम्बिया सरकार र विद्रोही पक्षलाई बधाई पनि दिएका छन् । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०८:४७ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...