back

पर्वतमा मेडिकल क्लिनीक : अध्यक्ष रुद्र शर्माको ध्यानाकर्षण

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

927 

shares

  free-medical-camp-1

१७ मंसिर, काठमाडौं ।  समग्र स्वास्थ्य सेवा समाज नेपाल (होसो नेपाल) ले   शुक्रबार  राजधानीबाट प्रकाशित हुने  राष्ट्रिय दैनिक कान्तिपुरमा आएको समाचारबारे  होसो नेपालको  गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

hoso2

 संस्थाका अध्यक्ष रुद्र शर्माद्धारा  शुक्रबार जारी  गरिएको विज्ञप्तिमा भनिएको छ  “लोकप्रिय राष्ट्रिय दैनिक कान्तिपुरमा मिति २०७३ मंसिर १७ गते प्रकाशित “अबैध क्लिनीक उद्घाटनमा सांसद” नामक शिर्षकको समाचार प्रति समग्र स्वास्थ्य समाज नेपाल (होसो नेपाल) को गम्भिर ध्यानाकर्षण भएको छ ।

33

 जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भै समाज कल्याणमा आवद्धता सहित क्लिनीक स्थापनाको लागि अघि बढेको यस संस्थाले क्लिनीक स्थापनाको प्रक्रियामा २०७३÷७÷२६  मा  जिल्ला जनस्वास्थ्यमा  प्रक्रिया सुरु गरिएको, २०७३÷८÷७ गते जिल्ला जनस्वास्थ्यमार्फत  मेडिकल क्याम्पको अनुमति लिइएको, २०७३ मंसिर ९ गते स्थानीयस्तरमा भेला र छलफलबाट समेत  क्लिनीक स्थापनाको  औपचारिक माग  भएको  तथा जिविस पर्वतबाट २०७३÷८÷९ गते स्वास्थ्य क्लिनीक संचालनको अनुमतिका लागि सिफारीस प्राप्त भै प्रक्रिया अघि बढिरहेको  यसै विज्ञप्तिमार्फत  जानकारी गराउदछौं ।

22

  कोरियाको ख्वाङ्जु शहरका चिकित्सकहरुको सहयोगमा संचालन हुने क्लिनीकको अनुमति प्रक्रिया  नसकिएका कारण क्लिनीकको उद्घाटन नगरी हामीले (Free Medical Camp) को शुरुवात गरेको कुरा माननीय प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि तथा पत्रकार मीत्रहरुलाई स्पष्टै रहेकै हो । “प्रस्तावित क्लिनीक” अन्तिम अनुमति प्राप्तिपछि मात्रै औपचारिक सुरु हुने कुरा निःशुल्क मेडिकल क्याम्पको उक्त समारोहमा नै स्पष्ट पारीएको पनि पुन : स्मरण गराउन  चाहान्छौं ।

Free Medical Camp उद्घाटन समारोह लेखिएको मुख्य व्यानरमा शिविरका लागि प्राप्त अनुमतिमा केन्द्रीत रहेर मात्र कार्यक्रम आयोजना गरिएकोले अन्यथा नबुझिदिनु हुन र मानवसेवामा आएका कोरीयाली डाक्टरहरुलाई प्रस्तावित क्लिनीक भवनको पहिचान दिनका लागि मात्र लेखिएको अनौपचारीक व्यानरलाई सकारात्मक अर्थमा बुझिदिनु हुन पनि यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछौं ।

331

    पर्वतको बाजुङ, देउपुर, तिलाहार, आर्थर, चुवा, चित्रे, पकुवा, राम्जा लगायतका उत्तरपूर्वि भेग एवं कास्कीका केही गाविसका हजारौं जनतालाई  स्तरीय स्वास्थ्य  सेवा पु¥याउने लक्ष्यसहित निकट भविष्यमा नै क्लिनीकको औपचारिक थालनी हुने प्रतिबद्धता समेत यसै विज्ञप्तिमार्फत सार्वजनिक  गर्दछौं ।”

 

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०९:३६ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...