back
CTIZAN AD

सात हजार क्विन्टल चामल गोदाममै थन्कियो

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

933 

shares

 १७ मङ्सिर,काठमाडौँ । जापान सरकारले उपलब्ध गराएको सात हजार तीन सय क्विन्टल चामल विगत छ वर्षदेखि नेपाल खाद्य संस्थानका गोदाममा थन्किएको छ ।

जापानले खाद्यान्न सहयोगअन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको चामल मुलुकका विभिन्न ठाउँमा रहेका खाद्य संस्थानका गोदाममा थन्किएको हो । संस्थानको देशभरका कार्यालयमा ६ हजार २०० क्विन्टल तथा थापाथलीस्थित कार्यालयमा एक हजार १०० क्विन्टल थन्किएको छ ।

उक्त चामल खान हुने हो कि होइन भनेर निक्र्यौल हुन नसक्दा संस्थान अन्यौलमा छ । नेपाल खाद्य संस्थानको ४२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा संस्थानले सो जानकारी दिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि आपूर्ति मन्त्री दीपक बोहराले उक्त चामल नेपाल ऐकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी९नाष्ट०मा परीक्षण गरी चामल खान हुने ठहरिए बिक्री गर्न र खान नहुने ठहरिए नष्ट गर्न निर्देशन दिनुभयो ।

उहाँले खाद्य संस्थानलाई बलियो बनाएमा सरकार तथा संस्थानको मात्र हित हुने नभई चामलको व्यापारीद्वारा हुने कृत्रिम मूल्य वृद्धि नियन्त्रण तथा उपभोक्तालाई ठग्ने वातावरण बन्न नसक्ने बताउनुभयो । मन्त्री बोहराले अहिलेको युगमा खाद्य संस्थान प्रविधि तथा कम्युटर प्रणालीबाट सु–सज्जित हुनुपर्नेमा जोड दिँदै हालसम्म कम्प्युटर प्रणाली नहुनु दुःखद भएको बताउनुभयो ।

खाद्य संस्थानलाई बलियो बनाई समय अनुसार परिवर्तन गर्न संस्थानले कार्य योजना तथा व्यापार योजना निर्माण गरी अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव प्रेमकुमार राईले भौतिक सम्पत्ती पर्याप्त भएको खाद्य संस्थानले जनताको सेवाका लागि समयमा नै दुर्गम क्षेत्रमा खाद्यान्न पु¥याउनुपर्नेमा जोड दिनुभयो । महाप्रबन्धक डा शिवहरि श्रेष्ठले सरकारको निर्देशन अनुसार दुर्गम क्षेत्रमा बङ्गलादेशबाट प्राप्तसहित संस्थानमा रहेको चामल नियमित रुपमा पठाउँदै आएको बताउनुभयो ।

नेपाल खाद्य संस्थान कर्मचारी सङ्घका अध्यक्ष माधव अर्याल, नेपाल खाद्य संस्थान कर्मचारी युनियनका अध्यक्ष गोविन्द पहाडीले समेत आफ्नो धारणा राख्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ११:०५ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...