back

सात हजार क्विन्टल चामल गोदाममै थन्कियो

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

555 

shares
GLOBAL IME AD
NTC AD

 १७ मङ्सिर,काठमाडौँ । जापान सरकारले उपलब्ध गराएको सात हजार तीन सय क्विन्टल चामल विगत छ वर्षदेखि नेपाल खाद्य संस्थानका गोदाममा थन्किएको छ ।

जापानले खाद्यान्न सहयोगअन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको चामल मुलुकका विभिन्न ठाउँमा रहेका खाद्य संस्थानका गोदाममा थन्किएको हो । संस्थानको देशभरका कार्यालयमा ६ हजार २०० क्विन्टल तथा थापाथलीस्थित कार्यालयमा एक हजार १०० क्विन्टल थन्किएको छ ।

उक्त चामल खान हुने हो कि होइन भनेर निक्र्यौल हुन नसक्दा संस्थान अन्यौलमा छ । नेपाल खाद्य संस्थानको ४२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा संस्थानले सो जानकारी दिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि आपूर्ति मन्त्री दीपक बोहराले उक्त चामल नेपाल ऐकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी९नाष्ट०मा परीक्षण गरी चामल खान हुने ठहरिए बिक्री गर्न र खान नहुने ठहरिए नष्ट गर्न निर्देशन दिनुभयो ।

उहाँले खाद्य संस्थानलाई बलियो बनाएमा सरकार तथा संस्थानको मात्र हित हुने नभई चामलको व्यापारीद्वारा हुने कृत्रिम मूल्य वृद्धि नियन्त्रण तथा उपभोक्तालाई ठग्ने वातावरण बन्न नसक्ने बताउनुभयो । मन्त्री बोहराले अहिलेको युगमा खाद्य संस्थान प्रविधि तथा कम्युटर प्रणालीबाट सु–सज्जित हुनुपर्नेमा जोड दिँदै हालसम्म कम्प्युटर प्रणाली नहुनु दुःखद भएको बताउनुभयो ।

खाद्य संस्थानलाई बलियो बनाई समय अनुसार परिवर्तन गर्न संस्थानले कार्य योजना तथा व्यापार योजना निर्माण गरी अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव प्रेमकुमार राईले भौतिक सम्पत्ती पर्याप्त भएको खाद्य संस्थानले जनताको सेवाका लागि समयमा नै दुर्गम क्षेत्रमा खाद्यान्न पु¥याउनुपर्नेमा जोड दिनुभयो । महाप्रबन्धक डा शिवहरि श्रेष्ठले सरकारको निर्देशन अनुसार दुर्गम क्षेत्रमा बङ्गलादेशबाट प्राप्तसहित संस्थानमा रहेको चामल नियमित रुपमा पठाउँदै आएको बताउनुभयो ।

नेपाल खाद्य संस्थान कर्मचारी सङ्घका अध्यक्ष माधव अर्याल, नेपाल खाद्य संस्थान कर्मचारी युनियनका अध्यक्ष गोविन्द पहाडीले समेत आफ्नो धारणा राख्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ११:०५ मा प्रकाशित

यौन धन्दामा लगाउने एक महिला पक्राउ

यौन धन्दामा लगाउने एक महिला पक्राउ

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज...

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु...

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने...