back

वार्ता निष्कर्षविहीन,शनिबार पुनः बस्ने

वि.सं.२०७३ मंसिर १८ शनिवार

729 

shares

१८ मङ्सिर, काठमाडौँ । डा गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्न शुक्रबार राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएको छ ।

राति अबेरसम्म शिक्षा मन्त्रालयमा भएको त्रिपक्षीय वार्ताबाट निष्कर्ष ननिस्किएपछि शनिबार बिहान ९ बजे पुनःवार्ता हुने गरी आजको वार्ता स्थगित भएको हो ।

वार्ताबारे जानकारी दिँदै शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले डा केसीले उठाएका वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने मुख्य मागलाई तत्काल सम्बोधन गर्न प्राविधिक कठिनाइ भएको बताउनुभयो ।

“प्रक्रिया पु¥याएर डिनको नियुक्ति गर्न आज समयले पुगेन”उहाँले भन्नुभयो “त्यसका लागि त्रिविका पदाधिकारीसँगको छलफलमा जतिसक्दो चाँडो टुङ्गो लगाउन सहमत भइयो ।”

उहाँले भन्नुभयो, “त्रिवि स्वायत्त निकाय भएकाले उसको आफ्नै प्रक्रियाअनुसार डिनको नियुक्ति गर्नुपर्ने हुन्छ तर पनि राज्यसत्ता सरकारको नियन्त्रणमा हुने भएकाले त्यसलाई अगाडि बढाउन सरकारले सक्रियता लिएको हो, डिनको नियुक्ति सरकारले गर्ने होइन त्रिविले गर्ने हो ।”

निरन्तरको छलफलपछि सरकार र अनसनरत केसीको वार्ता टोलीले तयार पारेको सहमतिको मस्यौदाका विषयमा डा केसीले त्रिविका उपकुलपतिको राजीनामालाई मुख्य शर्तका रुपमा उठाएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । उक्त मागका सन्दर्भमा वार्तामा छलफलै नभएको सचिव श्रेष्ठले बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठका अनुसार दुई वार्ता टोलीबीच १० बुँदे सहमतिपत्र तयार भएपनि हस्ताक्षर हुन बाँकी छ ।

सहमतिअनुसार केही दिनअघि नियुक्ति हुनुभएका चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहले राजीनामा दिइसक्नुभएकाले शनिबार नै डिन नियुक्त गर्नेलगायत विषयमा सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

वार्तामा सहभागी स्वास्थ्य मन्त्री गगन थापाले डिनको नियुक्तिको विषय स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने भएकाले वार्तामा आफूले सहजकर्ताको भूमिका मात्र निर्वाह गरेको प्रतिक्रिया दिनुभयो ।

वार्तामा स्वास्थ्यमन्त्री थापा, स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठलगायत त्रिवि उपकुलपति डा तीर्थ खनियाँ सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०७३ मंसिर १८ शनिवार ०२:०६ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...