back

क्याम्बोडियाका लुकेर रहेका प्रतिपक्षी नेतालाई नरेशद्वारा माफी

वि.सं.२०७३ मंसिर १८ शनिवार

588 

shares
GLOBAL IME AD
NTC AD

१८ मङ्सिर, नोम पेन्ह । क्याम्बोडियामा आफूलाई पक्राउ पर्न नदिन महिनौँसम्म पार्टीको मुख्यालयमा बिताउने प्रतिपक्षी नेतालाई त्यहाँको नरेशले शुक्रबार माफी दिनुभएको छ र यसबाट त्यहाँ देखिएको लामो राजनीतिक अवरोध अन्त्य हुने अनुमान गरिएको छ ।

क्याम्बोडियाको सबैभन्दा ठूलो प्रतिपक्षी समूहका कार्यवाहक प्रमुख केम सोखाले मे महिनाको अन्त्यदेखि क्याम्बोडिया नेसनल रेस्क्यु पार्टीको मुख्यालय छोड्न अस्वीकार गर्नुभएको छ । उहाँमाथि कारबाही गर्न खोजिएको छ र त्यसलाई उहाँले राजनीतिबाट अभिप्रेरित भएको बताउनुभएको छ ।

उहाँकी प्रेमिकामाथि अनुसन्धान गर्न उहाँलाई अदालतमा उपस्थित हुन आदेश दिँदा उहाँ नजानुभएपछि सेप्टेम्बर महिनामा उहाँमाथि पाँच महिनाको काराबासको सजाय तोकिएको छ ।

क्याम्बोडियामा शक्तिशाली प्रधानमन्त्री हुन सेनले तीन दशकभन्दा लामो समयसम्म शासन गर्नुभएको छ उहाँले प्रतिपक्षलाई कारागारमा राख्न र जानाजान कानुनी मुद्दा चलाउन अदालतलाई उपयोग गर्नुभएको आरोप आलोचक तथा अधिकारवादी समूहले लगाउने गरेका छन् ।

शुक्रबार नरेश नरोदोम सिहामोनीले उहाँलाई माफी दिनुभएको सूचना राजप्रासादले प्रकाशन गरेको छ ।

केम सोखाले आफूले गल्ती गरेको स्वीकार गरेपछि हुनसेनले उहाँलाई माफी दिन अनुरोध गरेको एक सरकारी प्रवक्ताले बताए ।

हुन सेनको सत्ताधारी क्याम्बोडियन पिपुल्स पार्टीका प्रवक्ता सोक इसानले सोखाले गल्ती गरेको स्वीकार गरेको बताउनुभयो । एएफपी

वि.सं.२०७३ मंसिर १८ शनिवार ०२:१५ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...