Logo
२१ आश्विन २०७९, शुक्रबार
     Fri Oct 7 2022
E-paper
  English Edition
   Unicode
Logo

शिक्षाको गुणस्तरीय विकासमा शिक्षकले विशेष ध्यान दिन जरुरी



१८ मङ्सिर, कलैया । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रको विकास तथा विस्तारमा सबैले सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभएको छ ।

कलैयास्थित दुर्गा उमाविमा निर्माण गरिएको थप कोठा भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो — शिक्षाको गुणस्तरीय विकासमा शिक्षकले विशेष ध्यान दिन जरुरी छ ।

मन्त्री पौडेलले यो विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउन यसको भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिइनेछ भन्नुभयो ।

विद्यालयमा थप चारकोठे पक्की भवन निर्माण गरिएको छ । कुल रु २९ लाखमा निर्माण सम्पन्न भएको उक्त चार कोठे भवनका लागि सरकारबाट रु. २४ लाख अनुदान सहयोग प्राप्त भएको सो विद्यालयका प्राचार्य मनोज यादवले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवदेश यादवको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जिल्लाको समग्र शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनुभयो ।

यसैगरी मन्त्री पौडेल आजै कलैयास्थित जनता माविको पनि स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अलग भएको छ ।

काठमाडौं । अविरल वर्षापछि झरेको पहिरोका कारण काठमाडौंको चन्द्रागिरीमा एकै परिवारका तीनजनाको मृत्यु भएको

अमेरिका । अमेरिकाको भर्जिनियास्थित मनासस शहरमा गाडीले ठक्कर दिंदा एक नेपालीको मृत्यु भएको छ

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको