back

विमान दुर्घटनामा मृतक खेलाडीको मृत शरीर ब्राजिल पठाइयो

वि.सं.२०७३ मंसिर १८ शनिवार

903 

shares

१८ मङ्सिर,मेडिलिन (कोलम्बिया)  । कोलम्बियामा गत सोमबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव शुक्रबार ब्राजिल लगिएको छ ।

ब्राजिलका खेलाडीको टोली रहेको उक्त विमान घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो ।

उनीहरुको शव स्वदेश फर्काउदा उनीहरुलाई अन्तिम विदाई गर्न फुल, सेतो बेलुन र झण्डा लिएर हजारौंँ मानिस विमानस्थल वरीपरिका सडकमा आएका थिए ।

कोलम्बियाको पहाडी इलाकामा ठोक्किएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको बताइएको छ ।

दुर्घटना हुनु अगाडि विमानका चालकले विमानमा इन्धनको अभाव भएको र इन्जिनले काम गर्न छाडेको सुचना ‘कन्ट्रोल टावर’मा पठाएको जानकारी दिएका थिए ।

कोलम्बियाका सञ्चारमाध्यमले बुधबार जनाएअनुसार मेडेलिन नजिकै दुर्घटना हुनु अगाडि विमानका चालकले “यहाँ इन्जिनले काम गर्न छाड्यो, इन्धन पनि छैन,” भनेका थिए ।

दुर्घटनामा परी दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताका लागि गएका ब्राजिलका फुटबल खेलाडी र २० जना पत्रकारलगायत ७१ को मृत्यु भएको थियो । यस दुर्घटनालाई खेलको इतिहासमा नै अत्यन्त दुखद घटनाका रूपमा लिइएको छ । रासस/एएफपी

वि.सं.२०७३ मंसिर १८ शनिवार ११:३८ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...