back

दक्षिण कोरियाली राष्ट्रपति विरुद्धको प्रदर्शन छैठौं हप्ता पनि जारी

वि.सं.२०७३ मंसिर १८ शनिवार

522 

shares
NTC AD

१८ मङ्सिर,सोल (दक्षिण कोरिया)  । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यूज हेको भ्रष्टचार काण्डलाई लिएर विगत छ हप्तादेखि जारी विशाल विरोध सभामा शनिबार पनि लाखौं जनताले सहभागीता जनाए । कोरियालीहरुले प्रदर्शन गरी राष्ट्रपति पार्कलाई पदबाट हटाउने र उहाँमाथि लागेको अनियमितता सम्वन्धी आरोपमा पक्राउ गर्नृुपर्ने मागसहित सहभागिता जनाएका हुन् ।

दक्षिण कोरियाली संसदमा राष्ट्रपति विरुद्ध यहाँका प्रतिपक्षी दलले महाभियोग प्रस्ताव दर्ता गरेपछि महाभियोग प्रस्तावमाथि आगामी शुक्रबार मतदान हुनुभन्दा पहिले भएको प्रदर्शनमा यस पहिलेजस्तै विशाल जनसमर्थन देखिएको हो ।

संसद्बाट प्रस्ताव पारित भएपनि नभएपनि पार्क कोरियाली इतिहासमा प्रजातान्त्रिक रुपमा निर्वाचित पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुनुहुनेछ जसले आफ्नो पाँच बर्षे कार्यकाल पूरा नगरिकनै विदा हुनुहुनेछ ।

चौसठ्ठी–बर्षीय पार्कले आफ्ना साथीसँग मिलेर राज्यशक्तिको दुरुपयोग र जालसाजी गरेको आरोप लगाइएको छ । उहाँले आफै सत्ताबाट हट्नुहुनेछ वा उहाँलाई पदबाट हटाइने छ भन्ने विषयले विशेष चर्चा पाइरहेको छ ।

शनिबार विहान संसदमा पेश गरिएको अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्दा १७१ सांसदको हस्ताक्षर रहेको छ । महाभियोग प्रस्ताव पासहुन दुईतिहाई सदस्यले पारित गर्नुपर्छ । कोरियाली राष्ट्रिय सभामा ३०० सदस्य रहेका छन् । रासस/एएफपी

वि.सं.२०७३ मंसिर १८ शनिवार ११:३९ मा प्रकाशित

ADBL AD
हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

एशभिले, संयुक्त राज्य अमेरिका । अमेरिकामा आएको हेलेन आँधीका कारण...

अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

सेडार की, संयुक्त राज्य अमेरिका । अमेरिकामा ‘हेलेन’ नामक आँधीका...

१०० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाबी

१०० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाबी

मस्को । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी...

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु...

इजरायली आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु

इजरायली आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु

दमास्कस । लेबनानसँगको सीमा नजिक शुक्रबार इजरायलले गरेको हवाई आक्रमणमा...

मानव बलि चढाएको आरोपमा पाँच जना पक्राउ

मानव बलि चढाएको आरोपमा पाँच जना पक्राउ

लखनाउ (भारत) । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको...