back

राप्रपा महाधिवेशनको मिति घोषणा

वि.सं.२०७३ मंसिर १८ शनिवार

672 

shares

१८ मङ्सिर,काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ६, ७, ८ र ९ गते काडमाडौँमा हुने भएको छ ।

सो पार्टीको कार्यसम्पादन समितिको पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले महाधिवेशनको मिति, स्थान र व्यवस्थापन तथा पार्टीको स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यतालिका र निर्देशिका कार्यदलका संयोजक बुद्धिमान तामाङद्वारा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

त्यसैगरी, संविधान संशोधनसम्बन्धी प्रस्तावको संवेदनशीलता र गम्भीरतालाई दृष्टिगत गर्दै सम्बद्ध पक्षसँग गहन छलफल गर्नुपर्ने ठहर गर्दै बैठकले कानुनविद्, मधेस केन्द्रित राजनीतिक दल एवम् कार्यकर्तासँग परामर्श गर्ने निर्णय गरेको पनि सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १२:५३ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...