Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

ट्याक्टर पल्टिँदा एक किशोरीको मृत्यु



१८ मङ्सिर,रोल्पा  । रोल्पाको कोटगाउँ माडीचौर सडक घुम्तीमा आज ट्याक्टरको ट्रली पल्टिँदा एक किशोरीको मृत्यु भएको छ ।
माडीचौरबाट कोटगाउँकै मिलनचोकतर्पm काठ लिएर जाँदै गरेको रा १ प १०९९ नम्बरको ट्रयाक्टर उकालो घुम्तीमा चढ्न नसकेपछि पछाडि सर्ने क्रममा पल्टिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ट्रयाक्टरमा सवार १४ वर्षीया सरीता विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्टरको ट्रली पल्टिएर गम्भीर घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल रेउघामा लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै घाइते रहेकी कोटगाउँ–४ की १७ वर्षीया यामसरी केसीको अस्पतालमा उपचार भइरहेको छ । १२ जना सवार ट्रयाक्टरको ट्रली सडकमै पल्टिएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ