back

राप्रपाले कानुनविद्सँग छलफल गरी संविधान संशोधनमा निर्णय लिने

वि.सं.२०७३ मंसिर १८ शनिवार

630 

shares

१८ मङ्सिर,काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा कानुन व्यवसायी, नागरिक समाज तथा बुद्धिजीवी वर्गसँग छलफल गरी निर्णय लिने भएको छ ।

संविधान संशोधनका लागि सरकारले प्रदेशको सीमाङ्कन, नागरिकता, भाषा आयोग, राष्ट्रियसभामा समावेशी प्रतिनिधित्वका विषयमा संशोधन गर्न प्रस्ताव दर्ता गरेपछि दलका बीचमा तिक्तता आएका बेलामा पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो विषय संवेदनशील भएकाले बुद्धिजीवी तथा सरोकार पक्षसँग समन्वय गर्न लागेको हो

पार्टीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेता राजाराम श्रेष्ठले उक्त विषयमा मधेस केन्द्रित दलसँग समेत परामर्श तथा थप छलफल गरी निर्णय लिइने जानकारी दिनुभयो । संविधानका केही अन्र्तवस्तुका विषयलाई लिएर मधेसी मोर्चा असहमत भई संविधान संशोधनको माग गर्दै आएको थियो ।

नेता श्रेष्ठका अनुसार सबै पक्षसँगको छलफल पछि पार्टीको सोमबार पुनःबस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सो प्रस्तावमा अन्तिम निर्णय लिइनेछ । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १४:१६ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...