back

दत्तात्रेयको मूर्ति दराजमा भेटियो, २१मूर्ति अझै गायव

वि.सं.२०७३ मंसिर १९ आइतवार

924 

shares

१९ मंसिर। जुम्ला । चन्दननाथ बाबाको मन्दिरभित्र राखिएको दराज खोल्दा शनिबार प्राचीन दत्तात्रेय भगवान्को दुईवटा मूर्तिसहित अन्य मूर्ति भेटिएका छन् ।

केन्द्रीय अनुस्धान ब्यूरोको टोली, प्रहरी प्रशासन, मालपोत, नागरिक समाज, धर्म संस्कृतिसम्बन्धी जानकार ज्येष्ठ नागरिकको रोहवरमा मन्दिरभित्रको दराज खोलेपछि मूर्ति भेटिएका हुन् ।

प्राचीन ब्रह्मा, विष्णु र महेश्वरको मूर्ति भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो । अभिलेखअनुसार २८ वटा मूर्ति चोरिएको भनिए पनि त्यसो नभई २१ मूर्ति चोरिएको र बाँकी सबै मूर्ति मन्दिरमै रहेको प्रजिअ पण्डितले बताउनुभयो ।

प्रहरी टोलीले अनुसन्धानलाई तीव्र पारेको प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले बताउनुभयो । उहाँले सुरुमा स्थापना गरिएको १६ इन्चको दत्तात्रेय भगवान्को मुख्य मूर्ति भेटिएको बताउनुभयो । उक्त मन्दिरका पुजारी चन्द्रमौलेश्वर गिरी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिलाई शुक्रबार निलम्बित गरिसकेको छ ।

वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:२५ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...

आज अन्तरराष्ट्रिय पर्वत दिवस

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौँ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,...

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा । अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान...

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

भादगाउँ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर...