back

अनिश्चितकालीन बन्दले अर्घाखाँचीको जनजीवन कष्टकर

वि.सं.२०७३ मंसिर १९ आइतवार

762 

shares
GLOBAL IME AD
NTC AD

१९ मंसिर, अर्घाखाँची । पहाडी जिल्लालाई ५ नं प्रदेशबाट हटाउने गरी संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्धमा चार दिनदेखि गरिएको अर्घाखाँची बन्दले जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बुधबारदेखि सुरु गरिएको अनिश्चितकालीन बन्दका कारण शैक्षिक संस्था, बजार, कलकारखाना तथा यातायातका साधन पूर्णरुपमा ठप्प रहेका छन् । घर र बेँसीको सम्बन्ध रहेको पहाड र तराईलाई छुट्याउने योजनाका साथ संशोधन प्रस्ताव ल्याइएको भन्दै दिनहँु सदरमुकाम सन्धिखर्कमा विरोध प्रदर्शन नाराबाजी र प्रदर्शन हुने गरेको छ ।

स्वतःस्फूर्त रुपमा युवा, विद्यार्थीदेखि सर्वसाधारण सडकमा उत्रिएका छन् । आन्दोलनमा यातायात व्यवसायी तथा व्यापारी सबैको ऐक्यबद्धता र सहभागिता रहेको संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक विष्णुप्रसाद खनालले बताउनुभयो ।

जिल्लाका विद्यालयमा सञ्चालन गरिएको अर्धवार्षिक परीक्षा पनि शुक्रबारदेखि बन्द रहेको जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिनुभयो ।

वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:२९ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...