१७ मङ्सिर, काठमाडौँ । गुल्मी जिप दुर्घटनामा मृत्यु भएका मध्ये १० जनाको पहिचान खुलेको छ ।
गुल्मी जिल्ला इश्मा ५ वस्ने वर्ष २६ को चालक रेशम थापा, ऐ।ऐ। दोवाटा वस्ने वर्ष ४० को बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगा वस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को भुमा कार्कि, बागलुङ बडिगाड ७ वस्ने वर्ष ५५ को नरमाया खत्रि, गुल्मी इश्मा ४ वस्ने वर्ष ४० को सिता कार्कि, इश्मा ४ वस्ने ६५ को झवि कार्कि, ऐ।ऐ। बस्ने वर्ष ४५ कि भुमि कार्कि, ऐ.ऐ. बस्ने वर्ष २५ को मिना वस्नेत, ऐ.ऐ. वस्ने वर्ष ६५ को धन बहादुर कार्कि को पहिचान खुलेको छ ।
घाइते हुने हरुमा नवलपरासी वर्दघाट २ वस्ने वर्ष १८ को जिवन कार्कि, गुल्मी इश्मा गापा वडा नं। ४ वस्ने वर्ष ८ को हिमाल कार्की, र सोहि स्थानमा वस्ने वर्ष २४ को निमा केसि रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनी वस्ने ६५ वर्षको धन बहादुर कार्कि रहेको प्रहरीले जनाएको छ ।
घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको छ। गुल्मीको इश्मा दोहोली पैयापाटाबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा दिवाली पुजाको लागी हिँडेको जिप दुर्घटनामा परेको हो ।
वि.सं.२०७६ मंसिर १७ मंगलवार १३:५१ मा प्रकाशित






























