१८ मंसिर, बेल्जियम । पर्वत समाज बेल्जियमको चौथो अधिबेशन भव्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।
समाजले वेल्जियममा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, कलाकार, बेल्जियमबासी दाजुभाइ दिदीबहिनी तथा आमाबुवामा उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।
उक्त अधिबेशनमा नेपालका चर्चित लोक गायक कृष्ण गुरुङ सहितको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको समाजले जनाएको छ ।
डिसेम्बर ८ तारिक दिउसो ३ बजे Emiel Lemineurstraat 72, 2170 Merksem आन्तरपेन शहरमा हुन लागेको अधिबेशनमा सबैलाई सहभागी हुन समाजले पुन ः अनुरोध गरेको छ ।
वि.सं.२०७६ मंसिर १८ बुधवार १२:०९ मा प्रकाशित


























