९ मंसीर काठमाडौँ । जारी १३औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत क्रिकेट खेलमा अहिले नेपाल र भुटान बिच खेल चलिरहेको छ । भुटानले पहिले टस जितेर नेपाललाई ब्याटिङ्गको निम्तो दिएको थियो । ओपनर आएका पूर्वकप्तान पारस खड्का र कप्ताान ज्ञानेन्द मल्लले १०८ रनको साझ्दारी रहेको थिए । कप्तान पारख खड्का व्यत्तिगत ५७ रनमा आउट हुन पुगेका थिए । पारस आउट भएता पनि कप्तान ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ्ग गरिरहे ।
उनले नेपालका लागि टि–२० मा दोस्रो सतक ५३ बलमै पुरा गर्न सफल भए । उनी सतक बनाएर १०७ रनमा आउट हुन पुगे । त्यस पछि आएका दिपेन्द्र सिहं ऐरीले २७ बलमा ४५ रनका बिस्फोटक ब्याटिङ्ग गरेका थिए । नेपालले २० ओभर खेल्दैँ ३ विकेट गुमाएर २३६ रन बनाएको थियो । यो रन नेपालले टि–२० बनाएको अहिले सम्मकै सबै भन्दा धेरै हो ।
वि.सं.२०७६ मंसिर १९ बिहीवार ११:१२ मा प्रकाशित






























