१८ मसिंर, काठमाडौँ । युनाईटेड फाईनान्सले बोनस शेयर तथा लाभांश वितरण गर्ने भएको छ ।
मंगलबार बसेको २४० औ बैठकले जगेडा कोषमा रहेको वितरणयोग्य रकममध्ये ३ प्रतिशत बोनस शेयर तथा आर्थिक वर्ष ०७५\७६ को मुनाफाबाट करसहित ७.५२६ प्रतिशत नगद लाभाशं वितरण गर्ने विज्ञप्तीमा जनाइएको छ ।
सो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती तथा संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि मात्र कार्यन्वयन गरिने पनि फाईनान्सले बताएको छ ।
युनाईटेडले हाल देशभर १५ वटा शाखा कार्यालयबाट सेवा प्रद्धान गर्दै आइरहेको छ । साथै मसिंर २० गतेदेखि थप ७ वटा नयाँ शाखा विस्तार गर्ने पनि बताइएको छ ।
फाईनान्समा भारतको प्रतिष्ठित मुथुत्त फाईनान्सको समेत लगानी रहेको पनि बताएको छ ।
वि.सं.२०७६ मंसिर १९ बिहीवार १३:५७ मा प्रकाशित






























