back
CTIZAN AD

त्रिविको ४५ औँ दीक्षान्तमा दुई विद्यार्थीलाई तीन/तीन पदक

वि.सं.२०७६ मंसिर १९ बिहीवार

774 

shares

१९ मङ्सिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५औँ दीक्षान्त समारोहमा दुई विद्यार्थीले तीन÷तीन वटा पदक पाउने भएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१।७३ प्रतिशत अङ्क ल्याएका उमेश आचार्य र स्नातकोत्तर तह अर्थशास्त्रमा ३।८६ सिजिपिए अङ्क ल्याएका विद्यामान महताराले आगामी पुस ३ गते हुने दीक्षान्त समारोहमा तीन वटा पुरस्कार पाउने हुनुभएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

उनका अनुसार आचार्यले चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पाउने भएका हुन् । चान्सलर पदक स्नातकोत्तरतर्फ प्रथम श्रेणीमा प्रथम भएकामा, त्रिवि प्राध्यापक स्वर्ण पदक र मानन्धर स्वर्ण पदक सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकामा प्रदान गर्न लागिएको हो । चान्सलर पदकमा करीब तीन तोला सुन रहेको हुन्छ ।

यसैगरी महताराले खगेन्द्रमान सिंह प्रधान पदक, तारापद चौधरी पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउनेछन् । उनले एमएमा सर्वोकृष्ट अङ्क ल्याएबापत उक्त पुरस्कार पाउने भएका हुन् ।

यसैगरी समारोहमा चार जना विद्यार्थीले दुई÷दुई पदक पाउने भएका छन् । सहनियन्त्रक अधिकारीका अनुसार सङ्गीता महर्जन, थमनसिंह गौतम, इशिला खरेल र अञ्जना शर्माले दुई÷दुई वटा पुरस्कार पाउने भएका छन् ।

रसायनशास्त्र विभागबाट एमएस्सीमा ३।९८ सिजिपिए अङ्क ल्याउनुभएका महर्जनले अमृत पदक, पिएलसिंह पदक, स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ६७ प्रतिशत ल्याएका गौतमलाई ‘ललित चन्द पदक’ र वडाकाजी ‘मरिचमान सिंह पदक’ पाउने भएका छन् ।

यसैगरी शंकरदेव क्याम्पसबाट व्यापार प्रशासनमा स्नातक तह (बिबिए) मा ३।९३ सिजिपिए अङ्क ल्याउने खरेलले भाइस चान्सलर पदक र भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक तथा मानविकी सङ्काय स्नातक तहमा उत्कृष्ट अङ्क ८२।१४ ल्याउने सान्त्वना मेमोरियल बहुमुखी क्याम्पसका विद्यार्थी शर्माले पिपल्स क्याम्पस ‘तीर्थरत्न बज्राचार्य पदक’ र ‘ज्ञानप्रसाद’ पुरस्कार पाउनेछन् ।

समारोहमा ‘त्रिवि प्राध्यापक सङ्घका उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक–२०७५’ बाट व्यवस्थापन सङ्काय एमफिल तहमा सर्वोकृष्ट अङ्क ल्याउने सिर्जना पहारीलाई प्रदान गरिन लागेको हो । उनले जनप्रशासन केन्द्रीय विभागबाट ३।७५ सिजिपिए अङ्क ल्याएका थिए ।

सोही अवसरमा उत्कृष्ट अङ्क ल्याउने ३१ विद्यार्थीलाई पदक वितरण गरिनेछ । समारोह त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुनेछ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १४:०५ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...