back

समोआमा दादुराबाट ६२ जनाको मृत्यु

वि.सं.२०७६ मंसिर १९ बिहीवार

489 

shares

१९ मङ्सिर, सुभा ।  समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट बिहीबार थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

मध्य अक्टोबरबाट सुरु भएदेखि दादुराको प्रकोपबाट हालसम्म ६२ जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

सरकारले बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार सामोआमा सो रोग निगरानी टोलीका अनुसार ४ हजार २१७ दादुराको सङ्क्रमण भएको छ । गएको २४ घण्टाभित्र नै १ सय ६५ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ ।

हाल मात्र पनि यस रोगबाट सङ्क्रमित १ सय ६७ अस्पतालमा भर्ना छन् । सामोआ हाल आपतकालको अवस्थामा रहेको छ । सबै स्कूलहरू बन्द गर्नुको साथै सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ ।

बिहीबार र शुक्रबार, सबै सार्वजनिक र सरकारी सेवाहरू बन्द गरिनुका साथै सार्वजनिक खोप अभियानमा सहयोग गर्न सबै सरकारी कर्मचारीहरूलाई आग्रह गरेको छ ।

खोपको आवश्यकता पर्ने परिवारहरूलाई घरको बाहिर रातो झण्डा वा कपडा छोड्न सरकारले आह्वान गरेको छ । दादुरा असाध्यै संक्रामक भाइरल रोग हो ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १४:१० मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...