back
CTIZAN AD

१४ वर्षे बालक ११ वर्षदेखि बाँधिए दाम्लोमा

वि.सं.२०७६ मंसिर १९ बिहीवार

834 

shares

१९ मङ्सिर, काठमाडौँ । शारीरिक अपाङ्गता भएका एक बालकलाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतस्थित कुडुला गाउँमा १४ वर्षीय टीका लोक्चाङ तामाङलाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएका छन् ।

मानसिक तथा शारीरिक अवस्था कमजोर भएका तामाङलाई ११ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरेको स्थानीयवासी बताउँछन् । शारीरिक अपाङ्गता भएका तामाङ जन्मजातनै शारीरिक तथा मानसिक रोगी भएको परिवारले जनाएको छ ।

बालक हिँड्न, डुल्न र बोल्न सक्दैनन् । बालकलार्ई बाँधेको डोरी खोल्दिने वित्तिकै पल्टने, घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको बालकका बुबा मनी लोक्चान तामाङले बताए । मनीका अनुसार टीकाले दिसापिसाबसमेत तर्काउन नसक्ने भएका कारण जन्मेको तीन वर्षदेखिनै बाँधेर राख्न थालिएको हो । “टीकालाई हेर्न एकजना दिनभर कुरुवा बस्ने अवस्था छैन, घरको काम पनि गर्नै प¥यो”, उनले भने “कुरेर बस्न नसक्दा बाँधेर राख्नुको विकल्प छैन ।”

रातको समयमा बोकेर घर भित्र लैजाने भए पनि दिनमा घरको पिढीमा बाँधेर राख्दै आएको उनले बताए । आर्थिक अवस्था कमजोर भएका तामाङ परिवारका माइलो छोरा टीकाको हेरचाह मात्र गरेर नभएको भन्दै मनीले दिनभर कृषिकर्ममा लाग्नुपरेको बताए ।

“छोराको उपचार गर्न पाल्पाको प्रभास अस्पतालमा लगेको थिए, चार पाँच लाख खर्चसमेत गरे, उपचार भएन”, मनी तामाङले भने, “उपचारमा सङ्लग्न डाक्टरले उपचार गर्न प्रयास गरेपनि सफल भएनन्, असमर्थ भएको जानकारी दिएपछि फिर्ता आएको हो ।” ठूलो अस्पतालमा छोराको उपचार गर्न पाए निको हुने आश भए पनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै बाँधेर राखेको टीकाकी आमा सुकिला तामाङले दुखेसो पोखीन् ।

तामाङ परिवारको पाँच सन्तानमध्ये टीका दोस्रो सन्तान हुन् । हालै गाउँपालिकाले अपाङ्गता परिचयपत्र बनाएर महिनाको रु तीन हजार अपाङ्गता भत्ता बाहेक अरु केही सहयोग नपाएको परिवारको गुनासो छ । (रासस)

वि.सं.२०७६ मंसिर १९ बिहीवार १४:२६ मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...