back

शासकीय मनोविज्ञानले भन्दा सेवाको मनोविज्ञानले काम गर्नुपर्छ -मन्त्री त्रिपाठी

वि.सं.२०७६ मंसिर १९ बिहीवार

552 

shares

१९ मङ्सिर, नवलपरासी ।सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले  शासकीय मनोविज्ञानले भन्दा सेवाको मनोविज्ञानले काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे ।

पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा आज जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले कर्मचारीको मनोबल खस्किन नदिने बताए । उनले भने, तपाईहरुको मनोबल खस्किन दिन्न, तर जनताको मनोबल खस्किन दिनुभएन्, निराश नभइ काममा लाग्नुहोस्”

मन्त्री त्रिपाठीले निजामती सेवा विद्ययेकलाई सहमतिबाटै अन्तिम रुप दिन आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै संसद्को आउँदो हिउँदे अधिवेशनको पहिलो बैठकबाटै अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिए । मन्त्री त्रिपाठीले कर्मचारीको बढुवामा आर्थिक अनुशासन पनि मापदण्डमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिँदै समायोजनमा रहेका त्रुटी सच्चाउने आश्वासन पनि दिए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जनतासँग प्रत्यक्ष जोडिएका विकासे कार्यालय जिल्ला बाहिर रहँदा केही अफ्ठ्यारो र ढिलासुस्ती हुने गरेको अवगत गराएका थिए ।

उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिँदै  स्थानीय तहमा आर्थिक अनुशासन र पारदर्शीतालाई कडाइका साथ पालना गर्न पनि मन्त्री त्रिपाठीले सचेत गराए । स्थानीय तहका प्रमुख÷उपप्रमुखले कर्मचारी अभावको समस्या छिटो समाधान गर्न तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जिससको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १६:०० मा प्रकाशित

Himalayan Life AD
वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास (गुल्मी) । रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा...

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अशोककुमार शर्माले कुनै...

अतिक्रमित घर टहरा हटाउन सुरु

अतिक्रमित घर टहरा हटाउन सुरु

नेपालगञ्ज । रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा...

सेजको भाडादर घट्दा उद्योगी उत्साहित

सेजको भाडादर घट्दा उद्योगी उत्साहित

भैरहवा (रुपन्देही) । भैरहवामा सञ्चालनमा रहेको विशेष आर्थिक क्षेत्र (सेज)...

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्

नेपालगन्ज । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा...